आफैले पालेको राँगोले हान्दा मृत्यु

आफैले पालेको राँगोले हान्दा मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७७ चैत १३ गते शुक्रबार ०२:१०

सिन्धुपाल्चोक । आफैले पालेको राँगाले हान्दा सिन्धुपाल्चोकमा एक बृद्धको मृत्यु भएको छ । पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्कालाई आफैले पालेको राँगोले हान्दा मृत्यु भएको हो । बीउका लागि पालेको राँगाले...

सिन्धुपाल्चोक । आफैले पालेको राँगाले हान्दा सिन्धुपाल्चोकमा एक बृद्धको मृत्यु भएको छ । पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्कालाई आफैले पालेको राँगोले हान्दा मृत्यु भएको हो ।

बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन् ।

राँगोले हान्दा खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए ।

प्रकाशित मिति २०७७ चैत १३ गते शुक्रबार ०२:१०
प्रतिक्रिया दिनुहोस