काठमाडौं । हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दु’र्घटनामा परेका छन् । बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेका हुन् । काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दु’टनामा परेका हुन् ।
दु’र्घटनामा अनुहार, हात र खुट्टामा चो’ट लागेको उनका साथी नवराज थापाले बताए । ‘खबपु बिहीबार रातिनै सामान्य उपचारपछि घर फर्किएका छन्’ थापाले भने ‘अहिले उनको अवस्था सामान्य रहेको छ ।’
खबपु दु’र्घटना परेको ठाउँको बाटो सागुरो भएकोले पनि सो घटना घट्को थापाको भनाइ छ । उनको स्कुटी पनि सामान्य क्ष’ति भएको छ । नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल उनी पछिल्लो समय फिल्म, सिरियल तथा कमेडी कार्यक्रममा निकै ब्यस्त छन् ।
प्रकाशित मिति २०७८ भदौ ११ गते शुक्रबार ०४:३९