भक्तपुरमा इनारमा डुबेर एक जनाको मृत्यु

भक्तपुरमा इनारमा डुबेर एक जनाको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०८० मङ्सिर २६ गते मङ्गलबार ०९:३२

काठमाडौँ — भक्तपुरको ताथलीमा इनारमा डुबेर एक व्यक्तिको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका-९, ताथली राम मन्दिर नजिकै बसोबास गर्दै आएका ५२ वर्षीय राम खड्काको मंगलबार इनारमा डुबेर मृत्यु भएको हो । बिहान ८ बजे आफ्नै घरमा चिया खाएर...

काठमाडौँ — भक्तपुरको ताथलीमा इनारमा डुबेर एक व्यक्तिको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका-९, ताथली राम मन्दिर नजिकै बसोबास गर्दै आएका ५२ वर्षीय राम खड्काको मंगलबार इनारमा डुबेर मृत्यु भएको हो ।

बिहान ८ बजे आफ्नै घरमा चिया खाएर बाहिर निस्किएका उनी केहीबेरमै सम्पर्कविहीन भएका थिए ।

पछि परिवारले खोजी गर्ने क्रममा करिब २५ फिट गहिरो इनारमा छोरा कन्चन खड्काले मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिएका दिए । उनका अनुसार घटनास्थलमा प्रहरी परिचालन भई थप अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति २०८० मङ्सिर २६ गते मङ्गलबार ०९:३२
प्रतिक्रिया दिनुहोस