नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। म’स्ति’ष्कघा’तपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेको हो। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ।
जोशीको मृत्यु भएको समाचार अस्पताल तथा उनको परिवारले खण्डन गरेको छ । परिवारले जोशीको आधिकारिक फेसबुक पेजबाट एक स्टाटस पोष्ट गर्दै जोशीको स्वास्थ्यका विषयलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिन हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ,’ परिवारले भनेको छ ।
उनको फेसबुक वालमा लेखिएको छ, नेपाली कांग्रेसका नेता श्री नविन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरूमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौं । कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनु हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ ।
अस्पतालले विज्ञप्तिमा भनेको छ, ‘यस नर्भिक इन्टरनेशनल हस्पिटलमा म’ष्तिष्क’घा’त भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।’
‘फागुन १४ गते म’ष्तिष्कघा’त भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो ।
तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौँ । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ।’
प्रकाशित मिति २०७७ चैत ४ गते बुधबार ०३:१०