काठमाडौँ । वर्षौंदेखि प्रतिक्षाको रुपमा रहेको मेलम्ची खोलाको पानी काठमाडौँ आइपुगेको छ।
सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी काठमाडौँको सुन्दरीजल आइपुगेको हो।सुरुङको सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाडौँमा स्वागत गर्दै वाग्मती नदीमा बगाएका हुन्।
मेलम्ची खाने पानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएको पानीलाई वाग्मतीमा बगाइएको हो। यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाडौँ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ।
पुनःस्थापनापछि आज बस्दै प्रतिनिधिसभा बैठकः यस्तो छ कार्यसूची
अब दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र त्यो पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ।
काठमाडौँमा खानेपानी वितरणको जिम्मा लिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणको लागि सबै तयारी पूरा भएको जनाएको छ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा आउनेछ। खानेपानी तथा सरसफाइ मन्त्रालयले वाग्मतीमा पानीको सतह बढ्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन पनि भनेको छ।
प्रकाशित मिति २०७७ फाल्गुण २३ गते आईतबार ०३:४१