काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका सुन्दरीहरु विबाह लगत्तै चलचित्र क्षेत्रबाट पलायत हुँदै आएको परिप्रेक्षमा नायिका आचल शर्मा भने विबाहपछि पनि जम्ने संकेत देखाएकी छिन् ।
विबाह लगत्तै कोरोना कहर सुरुभएपछि चलचित्रमा काम गर्ने वातावरण नभए पनि म्यूजिक भिडियोमा औधी ब्यस्त बन्दै गइरहेकी आँचलले चलचित्र निर्माण गर्ने तयारीमा छिन् । आँचलले पति डाक्टर उदिप श्रेष्ठसँग मिलेर चलचित्र निर्माण गर्न लागेकी हुन् ।
जसको निर्देशक लोकप्रिय निर्देशक मिलन चाम्सले गर्ने तयारी उनीहरुले गरेका छन् । चलचित्रलाई विशेष बनाउने तयारीमा रहेका आँचल र उदिपको फिल्म अघि मिलनले भने अन्य ३ चलचित्रका लागि साइन गरिसकेको बताइन्छ ।
प्रकाशित मिति २०७७ कार्तिक २७ गते बिहिबार ०२:०९