पुनः बिवाह बारे अभिनेत्री मनिषा कोइराला भन्छिन्, जीवनमा एक पुरुष व्यक्तित्व भइदिए हुन्थ्यो

पुनः बिवाह बारे अभिनेत्री मनिषा कोइराला भन्छिन्, जीवनमा एक पुरुष व्यक्तित्व भइदिए हुन्थ्यो

सञ्चार बाणी

@SancharBani

२०८१ बैशाख २३ गते आईतबार ०६:३२

काठमाडौं । अहिले सामाजिक सञ्जालमा अभिनेत्री मनिषा कोइरालाको पुनः बिवाहका बारेमा चर्चा चलिरहेको छ । मनिषाले पुनः बिवाहका बारेमा आफ्नो धारणा राखेपछि समाज विभाजित हुन थालेको हो । मनिषा भन्छिन्ः मलाई पक्कै पनि लाग्छ कि मेरो जीवनमा...

काठमाडौं । अहिले सामाजिक सञ्जालमा अभिनेत्री मनिषा कोइरालाको पुनः बिवाहका बारेमा चर्चा चलिरहेको छ । मनिषाले पुनः बिवाहका बारेमा आफ्नो धारणा राखेपछि समाज विभाजित हुन थालेको हो ।

मनिषा भन्छिन्ः मलाई पक्कै पनि लाग्छ कि मेरो जीवनमा एक पुरुष व्यक्तित्व भइदिएको भए हुन्थ्यो । यदि मेरो जीवनमा एक पार्टनर हुन्थ्यो भने सायद यो राम्रो हुन्थ्यो । तर म इमान्दार हुनैपर्छ । म उसको पर्खाइमा समय बर्बाद गर्न चाहन्नँ । भाग्यमा लेखेको छ भने, मैले त्यो पाउँछु । छैन भने त्यो पनि ठीक छ । मलाई लाग्छ, मैले पूर्ण जीवन बाँचिरहेको छु ।

अभिनेत्री नेपाली राजनीतिको मियो परिवारकी छोरी हुन् । पूर्व प्रधानमन्त्री एवं चर्चित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी हुन् । उनी भारतको विश्वकै ठूलो मानिएको चलचित्र उद्योग बलिउडकी सफल अभिनेत्री हुन् ।

उनले केही बर्षअघि नेपाली उद्यमीसँग बिवाह गरेकी थिइन् । तर त्यो बिवाह सफल हुन सकेन । मनिषा क्यान्सर जितेकी सफल व्यक्तित्व समेत हुन् । अत्यन्तै सुन्दरी अभिनेत्री मनिषा मन पराउने मानिसहरु अत्याधिक छन् ।

प्रकाशित मिति २०८१ बैशाख २३ गते आईतबार ०६:३२
प्रतिक्रिया दिनुहोस