नेपालका अभिनेता तथा अन्तर्राष्ट्रिय मोडल शेखर सुबेदी लाई अग्रणी ई–कमर्स प्लेटफर्म ShofyDrop कम्पनीको ब्रान्ड एम्बेसडरको पदमा नियुक्त गरिएको छ ।
विगत १० वर्ष देखी नेपाली चलचित्र क्षेत्र तथा मोड्लिंग क्षेत्रमा कार्यरत सुबेदीको योग्यता र क्षमताको मूल्यांकनको आधारमा कम्पनिका सि.ई.ओ रोसन भुसालबाट ब्राण्ड अम्ब्यासडरको पदमा नियुक्त गरीएको हो ।
ShofyDrop एक गतिशील ई–कमर्स कम्पनी हो, जसले नवप्रवर्तनशिल विक्रेता (Vendors), सक्रिय प्रयोगकर्ता (Users) र दक्ष प्रशासक (Administrators) लाई एउटै विश्वसनीय प्लेटफर्ममा जोड्ने काम गर्दछ।
उच्च गुणस्तरका उत्पादनहरूको छनोट उपलब्ध गराउँदै,कम्पनीले विश्वास (Trust), पारदर्शिता (Transparency) र उत्कृष्टता (Excellence) लाई आफ्नो प्रमुख मूल्यका रूपमा अघि बढाएको छ।
यसका साथै दुई पक्ष बिच आपसी समझदारीका साथ कार्य हुने निर्णय भएको छ ।
तस्बिरहरु


प्रकाशित मिति २०८३ साउन १३ गते बुधबार ०१:०६