सुटिङका लागि अमेरिकाबाट मुम्बई फर्किन् सनी लियोनी

सुटिङका लागि अमेरिकाबाट मुम्बई फर्किन् सनी लियोनी

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ११ गते बिहिबार ०६:०६

मुम्बई । भारतमा को’रोना भा’इरसको महामारीसँगै लकडाउन सुरु भएपछि केही समय भारतमै बसेकी अभिनेत्री तथा पूर्व पो’र्न स्टार सनी लियोनी त्यसपछि अमेरिका गएकी थिइन् । यतिबेला नयाँ फिल्ममा काम गर्नका लागि उनी पुनः मुम्बई फर्किएकी छन् । कोभिड–१९...

मुम्बई । भारतमा को’रोना भा’इरसको महामारीसँगै लकडाउन सुरु भएपछि केही समय भारतमै बसेकी अभिनेत्री तथा पूर्व पो’र्न स्टार सनी लियोनी त्यसपछि अमेरिका गएकी थिइन् । यतिबेला नयाँ फिल्ममा काम गर्नका लागि उनी पुनः मुम्बई फर्किएकी छन् ।

कोभिड–१९ का कारण फिल्म सुटिङसँगै सबै कन्सर्टहरू रोकिएपछि आफूले परिवारसँग लामो समय अमेरिकामा बिताएको यी अभिनेत्रीको कथन छ । उनी पति र आफ्ना केटाकेटीसँग केही महिनादेखि अमेरिकामा बस्दै आएकी थिइन् ।

यसै साता मुम्बई फर्किएकी सनीले फिल्मको छायांकनमा जानु अघि फोटो सुट गरेकी छन् । यतिबेला रातो पहिरनमा आफ्नो नयाँ आवरणको तस्बिर सार्वजनिक गर्दै लामो समयपछि फिल्मको छायांकनमा जान लागेको बताएकी छन् ।राजधानि दैनिकमा खबर छ ।

कोभिडका कारण लामो समयदेखि घरमै बस्नुपर्दा फिल्मको काम गर्न पनि बिर्सिसकेको अवस्था आएको यी अभिनेत्रीले ठट्यौली पाराले बताएकी छन् । फिल्मको छायांकन सुरु गरे पनि अहिलेको अवस्थामा जो’खिम यथावत् रहेको र परिवारमा साना केटाकेटीसमेत भएकाले कोरानाबाट आफू पूर्ण सुरक्षित रहनुपर्ने यी अभिनेत्रीको कथन छ ।

प्रकाशित मिति २०७७ मङ्सिर ११ गते बिहिबार ०६:०६
प्रतिक्रिया दिनुहोस