गीत निकाल्दै भ्वाईस अफ नेपालकी सुरक्षा, स्वरमा अब्बल सुरक्षा पढाईमा पनि उस्तै, हेरौ तस्बिर ।

गीत निकाल्दै भ्वाईस अफ नेपालकी सुरक्षा, स्वरमा अब्बल सुरक्षा पढाईमा पनि उस्तै, हेरौ तस्बिर ।

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १५ गते शनिवार ०५:०७

ब्लाईन्ड अडिसन सम्म धेरैले याद नगरेको एउटा नाम हो सुरक्षा सेन्चुरी तर ब्याटल राउन्डको प्रस्तुति पछि भने एकाएक चर्चाको शिखरमा पुगिन । घर दार्जिलिङ भए पनि मनमा नेपालको माया र नेपाली संगीतमा निकै रुचि भएको कारणले गर्दा भ्वाईस अफ...

ब्लाईन्ड अडिसन सम्म धेरैले याद नगरेको एउटा नाम हो सुरक्षा सेन्चुरी तर ब्याटल राउन्डको प्रस्तुति पछि भने एकाएक चर्चाको शिखरमा पुगिन ।

घर दार्जिलिङ भए पनि मनमा नेपालको माया र नेपाली संगीतमा निकै रुचि भएको कारणले गर्दा भ्वाईस अफ नेपालको यात्रा रोजेकि थिइन ।ब्याटल राउन्डमा ‘जनम जनम जिउला संगै भाकेर वर पिपलु’ गीतमा प्रस्तुति दिएपछी धेरैले उनको कलाको प्रशम्शा गरे ।

यो ब्याटल सिजन ३ को उत्कृष्ट ब्याटल बन्यो । टिम प्रमोदको यो प्रस्तुतिले भ्वाईसको माहोल नै तताएको थियो । उनको प्रतिस्पर्धी किरण गजमेर भने ब्लाईन्ड अडिसनबाट नै चर्चामा थिए ।ब्लाईन्ड अडिसनमा ‘आफै मुस्काउ ।

मुसुक्क जुनतारा टिपि कोहि दिदैन’ गीत गाएर ४ वटै कुर्सी घुमाउन सफल किरण गजमेरले टिम प्रमोदलाई सेलेक्ट गरेका थिए । भने ब्लाईन्डमा ‘जाउला रेलैमा माया तिम्रो साथैमा’ गीत गाएर टिम प्रमोद र टिम तृष्णाको कुर्सी कुर्सी घुमाउन सफल सुरक्षा सेन्चुरीले टिम प्रमोद सेलेक्ट गरेकी थिईन ।

प्रकाशित मिति २०७८ जेठ १५ गते शनिवार ०५:०७
प्रतिक्रिया दिनुहोस