तपाइको फोन सम्पर्क नहुँदा माफ गर्नुहोला भन्ने २ युवतीहरू यिनै हुन्

तपाइको फोन सम्पर्क नहुँदा माफ गर्नुहोला भन्ने २ युवतीहरू यिनै हुन्

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २१ गते मङ्गलबार १०:४८

नेपाल टेलिकम एनसेल सिममा फोन व्यस्त हुँदा फोन सम्पर्क नहुँदा स्विच अफ हुँदा वा कुनै कारणले सम्पर्क नहुँदा अथवा अन्य सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाइ हामी सबैले सुन्दै आएका छौ । उनीहरूले दिने रेकर्ड गरिएका सन्देश...

नेपाल टेलिकम एनसेल सिममा फोन व्यस्त हुँदा फोन सम्पर्क नहुँदा स्विच अफ हुँदा वा कुनै कारणले सम्पर्क नहुँदा अथवा अन्य सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाइ हामी सबैले सुन्दै आएका छौ । उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर हामीहरू धेरै प्रयोगकर्ताहरू झर्को मानेका हुन्छन्

तर केही मानिसहरूलाई उनीहरू को हुन् कहाँका हुन् मनमा जिज्ञासा लागी रहेको हुन्छ । तपाइले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ । केही समयपछि पुनः डायल गर्नुहोला । यो आवाज नेपाल टेलिकममा सुनिने यो आवाज अनुपा कर्माचार्यको हो ।

नेपाल टेलिकमले मोबाइल सेवाका लागि सन्देश रेकर्ड गराउन कलाकारको खोजी गरेको थाहा पाएपछि उनले आफ्नो स्वर रेकर्ड गरेर पठाइन्। अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो।उनै कर्माचार्यको स्वर अहिलेसम्म पनि बजिराखेको छ।

त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये भूमिका थापाको स्वर पनि हो। उनले रेकर्ड गराएको सन्देश अङ्ग्रेजी भाषामा बज्छ।पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले पनि आफ्नो स्वर दिएकी छन्।

अनुपमा कर्माचार्यले केही अन्य विज्ञापनमा पनि स्वर दिएकी छन्। हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन्।भूमिका थापा पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी मोक्तान गायिका हुन्। –बिबिसीबाट

प्रकाशित मिति २०७८ बैशाख २१ गते मङ्गलबार १०:४८
प्रतिक्रिया दिनुहोस