वनभोज मनाउन गएका वडाध्यक्षको घाँटीको समस्याले मृत्यु

वनभोज मनाउन गएका वडाध्यक्षको घाँटीको समस्याले मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७७ चैत १४ गते शनिवार ०३:२४

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ । वनभोज गएका चन्दको घाँटीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु...

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ ।

वनभोज गएका चन्दको घाँटीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

शुक्रबार वडाध्यक्ष चन्दको नेतृत्वमा वडाका जनप्रतिनिधि तथा कर्मचारी गरी ८ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएका थिए ।

त्यसैक्रमममा उनको घाँटीमा एक्कासि समस्या देखिएपछि उनलाई महाकाली अस्पताल ल्याइएको थियो ।

महाकाली अस्पतालमा उपचारकै क्रममा चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुने डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति २०७७ चैत १४ गते शनिवार ०३:२४
प्रतिक्रिया दिनुहोस