असोज १८,देशैभर स्वतन्त्र , युवा राजनीतिकर्मी र सामाजिक ब्यक्तित्वहरुको चर्चा चलिरहँदा कास्कीमा पनि यस्तै राजनीतिक डिस्कोर्स सुरुवात हुने सम्भाबना बढेको छ। चुनाब आउँदा जेलनेल, राजनीतिक निरन्तरता, पार्टीको निरन्तरता हेरिने समाज आज परिवर्तित दिशामा छ।
ईतिहासको ब्याज खान हैन काम र नतिजा देखाउन जाने थलो हो भन्दै जनताले नै युवा र योग्यलाई छान्ने क्रम बढेको छ। कास्की क्षेत्र नं ३ ख मा पनि यस्तै युवा नेतृत्वको चर्चा बढ्दो छ।
उमेरले ३६ टेक्दानटेक्दै युवा उद्योगपतिका रुपमा युवा ब्यवसायी देबेन्द्र केसी ब्यवसायिक सफलताको दिशामा छन्। यिनै युवा उद्योगी केसीले कास्की ‘ख’ को टिकट हात पार्ने तीब्र चर्चा काँग्रेस बृतमा मात्रै हैन सर्बत्र छ। लामो राजनीति नभै आफ्नो उद्धमशीलताका माध्यम हुँदै राजनीतिक यात्रामा होमिएका केसी सृजनशील युवा राजनीतिकर्मी हुन्। करिब चारसय बढीलाई रोजगारी दिईरहेका केसी पेशेवर राजनीतिकर्मी हैन क्षमताका आधारमा नेतृत्व स्थापित हुनुपर्नेमा विश्वास राख्दछन्।
कर्म र मेहनतमा विश्वास राख्ने केसी कुटी ग्रुपमार्फत सञ्चालित दर्जन बढी ब्यवसायको मालिक समेत हुन्। जनमानसमा राम्रो ब्यवसायिक र सामाजिक छवि बनाईरहेका केसीले टिकट पाएमा अत्याधिक मतका साथ बिजयी हुने आकलन सर्बत्र चर्चामा छ। पोखरा उद्योग बाणिज्य संघमा सदस्य र उद्योग उपाध्यक्षमा भारी मतान्तरले बिजयी भईसकेका केसी बिजयको यात्रा जारी राख्दै प्रदेश सांसद बन्ने यात्रामा छन्।
राजनीति पेशेवर र फोहोर भईरहेका बेला यस्ता उद्धमशील, सृजनशील र क्षमतावान युवाहरुको उपस्थितिमा राजनीतिले सही मार्ग समाउने कुरामा जनता आशाबादी समेत छन्।
प्रकाशित मिति २०७९ असोज १८ गते मङ्गलबार ०२:१६