स्याङ्जा क्षेत्र नम्बर १ ‘ख’ बाट महेन्द्र थापाले उम्मेदवारी दिने

स्याङ्जा क्षेत्र नम्बर १ ‘ख’ बाट महेन्द्र थापाले उम्मेदवारी दिने

सञ्चार बाणी

@SancharBani

२०७९ भदौ १४ गते मङ्गलबार ०३:३४

गएको १४औं अधिबेशनमा नेपाली कांग्रेस फेदिखोलाको पार्टी सभापतिमा निर्वाचित हुनुभएको युवा सभापति युवा पुस्तामा निकै लोकप्रिय रहनुभएका थापा गाउँस्तरमा जनताहरुमाझ पनि त्यत्तिकै लोकप्रिय हुनुहुन्छ।

नेपाली कांग्रेस स्याङ्जाका नेता महेन्द्र थापाले स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ मा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

हाल उहाँ नेपाली कांग्रेस फेदिखोला गाउँ पालिकाको पार्टी सभापतिको जिम्मेवारीमा रहनुभएको छ।गत गाउँ पालिकाको अधिवेशनमा सभापति पदमा लोकप्रिय मत सहित उहाँ फेदिखोलाको पार्टी सभापतिमा विजयी हुनुभएको थियो।

नेपाली कांग्रेसको भातृ संगठन नेपाली बिद्यार्थी संघबाट राजनीतिमा होमिनुभएका थापाले जनप्रीय बहुमुखी क्याम्पसमा ने.वि.संघ आबद्द रहि काम गर्नुभएको थियो।आफ्नो स्नातक अध्यनको क्रममा श्री सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको इकाई सभापति हुँदै ने.वि.संघ फेदिखोला गाउँ पालिकाको सभापति भएपछि नेपाल तरुण फेदिखोला गाउँ पालिकाको सभापति हुँदै नेपाली कांग्रेसको १३ औं अधिबेशनमा साबिक फेदिखोला गाउँ बिकास समितिको नेपाली कांग्रेसको पार्टी सभापतिमा निर्वार्चित भइ पार्टीको राजनीतिमा फड्को मार्नु भएको हो।

गएको १४औं अधिबेशनमा नेपाली कांग्रेस फेदिखोलाको पार्टी सभापतिमा निर्वाचित हुनुभएको युवा सभापति युवा पुस्तामा निकै लोकप्रिय रहनुभएका थापा गाउँस्तरमा जनताहरुमाझ पनि त्यत्तिकै लोकप्रिय हुनुहुन्छ।

गएको स्थानीय निर्वाचनमा फेदिखोला गाउँ पालिकाको अध्यक्ष पदमा आंकाक्षि रहनु भएका थापाले पछि पार्टीलाई एकता मजबुत बनाउन पार्टीका अग्रज नेतालाई सम्मान स्वरुप आफुले पाएको टिकट समेत लक्ष्मी प्रसाद बराललाई दिएर ठूलो दातिका सभा एक उदारणिय कार्य गर्नु भएको थियो।

फेदिखोलालाई कम्युनिस्टहरुले उत्तर कोरिया भनेर परिभाषित गर्ने र ने.क.पा एमालेले फेदिखोलालाई आफ्नो गड मान्ने गाउँ पालिकामा हाल ५ वडाहरु मध्य वडा न.१ मा वडा अध्यक्ष मात्र निर्वाचित वडा न.३ मा ५ जना निर्वाचित वडा न.४ मा ५ जना निर्वाचित र वडा न.५ मा वडा अध्यक्ष सहित ४ जना निर्वाचित हुनुभएको छ। गाउँ पालिका कुल २९ सदस्य मध्य नेपाली कांग्रेसको १७ जना निर्वाचित भएका छन।

गाउँ पालिकाको १३ जनाको कार्यपालिकामा नेपाली कांग्रेस बाट १० जना कार्यपालिका सदस्य रहेका छन ।फेदिखोलाका स्थानीय बासिन्दा ८ पार्टी अग्रज नेताहहरुले समेत फेदिखोलामा नेपाली कांग्रेस मजबुत हुनुभएको मुख्य कारण महेन्द्र थापाको नेतृत्व हो भनेर खुलेर प्रशान्शा गरेको पाइन्छ ।

कांग्रेसभित्र अबको आर्थिक समृद्धि, युवाको प्रभावकारी भुमिका, जनजिविका, सुशासनका एजेन्डा र कार्यक्रमको प्रभावकारीता लगायतको बिषयमा खुला छलफलको प्रस्ताव समेत अगाडि बढाएका छन् ।

प्रकाशित मिति २०७९ भदौ १४ गते मङ्गलबार ०३:३४
प्रतिक्रिया दिनुहोस