आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

सञ्चार बाणी

@SancharBani

२०८१ असोज १० गते बिहिबार ०४:५९

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले...

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यससँगै विगत ५ दिनदेखि सुनको मूल्यले दिनकै नयाँ कायम राखेको छ । गत असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि दैनिक नयाँ उचाईमा पुगिरहेको छ ।

यसअघि असोज ९ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति २०८१ असोज १० गते बिहिबार ०४:५९
प्रतिक्रिया दिनुहोस
  • सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च
    २०८१ असार २४ गते आईतबार ०५:०२

    आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च !

    आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च !
    २०८१ जेठ १८ गते शुक्रबार ०५:३७

    सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,

    सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,
    २०८० चैत १६ गते शुक्रबार ०५:०३