सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,

सञ्चार बाणी

@SancharBani

२०८० चैत १६ गते शुक्रबार ०५:०३

काठमाण्डौ । नेपाली बजार सुनको मूल्य हालसम्मकै महंगो भएको छ । आज घरेलु बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

काठमाण्डौ । नेपाली बजार सुनको मूल्य हालसम्मकै महंगो भएको छ । आज घरेलु बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन(चैत १५ गते) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो ।

त्यसदिन सुनको मूल्य ११ सयले बढ्दै प्रतितोला छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय र तेजावी सुनको मूल्य १ लाख २७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २ हजार १ सय रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ५२५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति २०८० चैत १६ गते शुक्रबार ०५:०३
प्रतिक्रिया दिनुहोस
  • आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड
    २०८१ असोज १० गते बिहिबार ०४:५९

    सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च
    २०८१ असार २४ गते आईतबार ०५:०२

    आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च !

    आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च !
    २०८१ जेठ १८ गते शुक्रबार ०५:३७