आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च !

आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च !

सञ्चार बाणी

@SancharBani

२०८१ जेठ १८ गते शुक्रबार ०५:३७

१८ जेठ, काठमाडौं । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ७ सय रुपैयाँ बढी हो । बजेटमार्फत...

१८ जेठ, काठमाडौं । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ७ सय रुपैयाँ बढी हो । बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर बढाएपछि नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड बनाएको हो । सुनमा लाग्ने भन्सार दर १५ प्रतिशत रहेकोमा बजेटमार्फत २० प्रतिशत पुर्‍याइएको हो । महासंघले बिहीबार र शुक्रबार सो भन्सार दर समायोजनसहित मूल्य तय गरेको हो ।

यसअघि जेठ ७ गते सुनको मूल्यले त्यसअघिका सबै रेकर्ड तोडेको थियो । सो दिन १ लाख ४१ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सयमा कारोबार भएको चाँदी आज १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति २०८१ जेठ १८ गते शुक्रबार ०५:३७
प्रतिक्रिया दिनुहोस
  • आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड
    २०८१ असोज १० गते बिहिबार ०४:५९

    सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च
    २०८१ असार २४ गते आईतबार ०५:०२

    सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,

    सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,
    २०८० चैत १६ गते शुक्रबार ०५:०३