प्रधानमन्त्री ओलीसँग आज एउटै मञ्चमा देखिँदै विप्लव

प्रधानमन्त्री ओलीसँग आज एउटै मञ्चमा देखिँदै विप्लव

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २१ गते शुक्रबार ०२:००

पोखरा / हिंसात्मक बाटो अवलम्बन गरेर दुई वर्षदेखि भूमिगत रुपले राजनीति गरिरहेका नेत्रविक्रम चन्द विप्लव आज (शुक्रबार) प्रधानमन्त्री केपी ओलीसँग एउटै मञ्चमा देखिँदै छन् । सरकारसँग भएको वार्तामार्फत भूमिगत राजनीति त्यागेर शान्तिपूर्ण...

पोखरा / हिंसात्मक बाटो अवलम्बन गरेर दुई वर्षदेखि भूमिगत रुपले राजनीति गरिरहेका नेत्रविक्रम चन्द विप्लव आज (शुक्रबार) प्रधानमन्त्री केपी ओलीसँग एउटै मञ्चमा देखिँदै छन् ।

सरकारसँग भएको वार्तामार्फत भूमिगत राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आएका विप्लव आज सार्वजनिक हुने भएका हुन् । विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुलाई सरकारको ठूलो उपलब्धीका रुपमा लिइएको छ । विभिन्न गतिविधीबाट आलोचित बनेको सरकारले विप्लव समूहलाई सही बाटोमा ल्याउँदा सबै खुशी देखिएका छन् ।

नेपाल र नेपालीको लागि इच्छा पनि यहि थियो । अब विप्लवका नाममा हुने गरेका हिंसात्मकदेखि लिएर जनतालाई आतंकित पार्ने सबै खाले गतिविधीको अन्त्य भएको छ । यसले प्रधानमन्त्री ओलीको उचाइ बढाएको विश्लेषण गरिएको छ । विप्लव समूहलाई शान्तिपूर्ण अवतरण गराउनलाई संसद विघटन गरेर आलोच्य कदम चालेका ओलीको ठूलो योगदान रहेको छ ।

सरकारसँग भएको तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा संयुक्त ‘विशेष समारोह’ आयोजना गरिएको छ । यसअघि प्रतिबन्ध लगाइएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिने भएपछि सबैले सरकारको प्रशंसा गरेका छन् ।

बिहीबार बिहान भएको तीनबुँदे सहमतिलाई सोही दिन साँझ बसेको मन्त्रिपषिद् बैठकले अनुमोदन गर्दै विप्लव नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ। योसँगै विप्लव नेकपा खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ।

प्रकाशित मिति २०७७ फाल्गुण २१ गते शुक्रबार ०२:००
प्रतिक्रिया दिनुहोस