स्वास्थ्य उपचारका लागि आज भारत जाँदै बाबुराम भट्टराई

स्वास्थ्य उपचारका लागि आज भारत जाँदै बाबुराम भट्टराई

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण ९ गते आईतबार ०३:२९

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आइतबार भारत जान लागेका छन्। नेपाल बायुसेवा निगमको जहाजबाट आज भट्टराई भारतको नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। भट्टराई...

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आइतबार भारत जान लागेका छन्।

नेपाल बायुसेवा निगमको जहाजबाट आज भट्टराई भारतको नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।
भट्टराई स्वास्थ्य उपचारका लागि भारत जान लागेका हुन्। उनको पेटमा समस्या देखिएको छ। यसअघि काठमाडौंको निदान अस्पतालमा भट्टराईले उपचार गराएका थिए।

भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरूको छ। चिकित्सकहरूकै सल्लाहमा स्वास्थ्य उपचारका लागि भट्टराई भारत जान लागेका छन्।

उनको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ। उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसोबास त्यहाँ रहेको नेपाली दूतावासमा हुने भट्टराईको सचिवालयले जानकारी दिएको छ।

भट्टराईसँगै उनकी श्रीमती हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली जान लागेका हुन्।

प्रकाशित मिति २०७७ फाल्गुण ९ गते आईतबार ०३:२९
प्रतिक्रिया दिनुहोस