एमाले सँग अरू पार्टी तुलना गर्ने नसकिने -जि सी

एमाले सँग अरू पार्टी तुलना गर्ने नसकिने -जि सी

ऋषिराम दाहाल

@SancharBani

२०७९ बैशाख २० गते मङ्गलबार ०८:३२

घरदैलो कार्यक्रममा स्थानीय बासि ९० बर्षिय रिता थापाले एमालेनै दिएकाे भत्ता दिने पार्टी भएको हुदै सूर्यमा भाेट खसाल्ने बताईन्।

पाेखरा २६ का नेकपा एमाले उम्मेदवारले घरदैलाे कार्यक्रम नियमित गरेका छन् । घरदैलो कार्यक्रममा स्थानीय बासि ९० बर्षिय रिता थापाले एमालेनै दिएकाे भत्ता दिने पार्टी भएको हुदै सूर्यमा भाेट खसाल्ने बताईन्। चुनाव प्रचार प्रचार समिति संयाेजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वाजाबाहक ५ जनालाई नजिताई विश्राम नलिने बताए ।

स्वतन्त्र उम्मेदवार फिर्ता लिएका रामकृष्ण जिसीले एमाले सँग कुनै पार्टी सँग तुलना गर्ने नसक्ने ब्यत्त गरेर अाफुले उम्मेदवारी फिर्ता लिएर अाज अाफ्नाे नेतृत्वमा गरेर भएकाे घरदैलाे कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचन सात सूर्यमा सात छाप लगाई पाेखरा महानगरपालिकाका मेयरकाे उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्य नाथ भण्डारी सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र सर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुराेध गरेका छन् ।

जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टाेल कमिटीका अध्यक्ष सुवास सापकोटा र भिमनाथ अधिकारी तथा वडा अध्यक्ष नारायण प्रसाद बराल ,हरिश्चन्द्र देवकाेटा ,खड्का रानाभाट,बिकास अधिकारी,बामदेब ढुंगाना,रामहरि ढुंगाना,रमेश रानाभाट लगायत पदाधिकारीहरुकाे सकृय सहभागिता रहेकाे थियाे ।

अाज शान्ति मार्ग,उपल्लो सक्नेरी,तल्लो सक्नेरी र रिठेपानि लगायत ठाउँमा घर दैलाे गरेका छन।घरदैलो कार्यक्रममा ३००जना भन्दा बढि उपस्थिति रहे काे प्रचार प्रचार बिभाग प्रमुख सन्देश तिमिल्सिना ले बताए ।

प्रकाशित मिति २०७९ बैशाख २० गते मङ्गलबार ०८:३२
प्रतिक्रिया दिनुहोस