ओलीले के भने हिन्दू राष्ट्र घोषणाको बारेमा ?

ओलीले के भने हिन्दू राष्ट्र घोषणाको बारेमा ?

सञ्चार बाणी

@SancharBani

२०७७ माघ २३ गते शुक्रबार ०९:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू, पार्टी र सरकारबारे विभिन्न भ्रम फैलाइएको बताएका छन् । उनले नारायणहिटी अगाडि आयोजित सभामा भने, ‘विभिन्न प्रकारका भ्रमहरु फिँजाएका छन् । कहिले केपी ओलीले आजको सभा केका लागि भनेर हिजोसम्म...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू, पार्टी र सरकारबारे विभिन्न भ्रम फैलाइएको बताएका छन् । उनले नारायणहिटी अगाडि आयोजित सभामा भने, ‘विभिन्न प्रकारका भ्रमहरु फिँजाएका छन् । कहिले केपी ओलीले आजको सभा केका लागि भनेर हिजोसम्म पनि भन्दै थिए, आज बिहानसम्म पनि लैनचौरको बाटोमा हिँड्नेहरुले भन्दै थिए ।

राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले । जो केपी ओली आधा दशकभन्दा बढी समय गणतन्त्रका लागि लड्यो । लोकतन्त्रका लागि लड्यो । आधाभन्दा बढी समय समानता र न्यायका लागि लड्यो। त्यो केपी ओलीले राजतन्त्रले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ?’

उनले आफूहरुले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै त्यसलाई कसैले तलमाथि गर्छु भनेर नसोच्न आग्रह गरे । उनले गणतन्त्रको कार्यान्वयन गरेर अघि बढ्ने पनि बताए ।

प्रकाशित मिति २०७७ माघ २३ गते शुक्रबार ०९:४४
प्रतिक्रिया दिनुहोस