सामाजिक संजालमा अभिनेत्रीको तुलनामा अभिनेतालाई किन थोरै पछ्याउछन र ?

सामाजिक संजालमा अभिनेत्रीको तुलनामा अभिनेतालाई किन थोरै पछ्याउछन र ?

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १९ गते मङ्गलबार १२:३५

काठमाडौँ/ सामाजिक संजालमा कति फलोअर्स छ भन्नेमा पनि कलाकारको पपुलारिटी मापन गरिन्छ । फेसबूक, इन्स्टाग्राम, ट्विटर जस्ता थुप्रै सोसल मिडियामा कलाकारहरु सक्रिय छन् । पछिल्लो समय टिकटकमा पनि थुप्रै कलाकारलाई भेटिन्छ ।सामाजिक संजालमा...

काठमाडौँ/ सामाजिक संजालमा कति फलोअर्स छ भन्नेमा पनि कलाकारको पपुलारिटी मापन गरिन्छ । फेसबूक, इन्स्टाग्राम, ट्विटर जस्ता थुप्रै सोसल मिडियामा कलाकारहरु सक्रिय छन् । पछिल्लो समय टिकटकमा पनि थुप्रै कलाकारलाई भेटिन्छ ।सामाजिक संजालमा मिलियन फलोअर्स हुने कलाकारहरु रेखा थापा, प्रीयंका कार्की, केकि अधिकारी र अदिती बुढाथोकी हुन् ।

इन्स्टा र फेसबूकमा मिलियन फलोअर्स हुने चार नायिकाहरुको बिचमा कुनै नायक छिर्न सकेका छैनन् । अहिलेका सुपरस्टार र मेघास्टार भनिएका नायकहरुलाई पनि २/३ लाखले मात्र फलो गर्छन् । नायिकाहरु भने नायक भन्दा निक्कै अगाडि छन् । नायकहरुलाई सामाजिक संजालमा किन फलो गर्दैनन् भन्ने प्रश्न जस्ताको तस्तै छ ।

नायिका भन्दा कम सक्रीय भएर त हुँदै होइन । फेसबूकमा रेखा थापाको ३३ लाख फलोअर्स छन् । तर, रेखा भन्दा अगाडिका, रेखा संगैका र रेखा पछिका कुनै पनि हीरोहरुको फलोअर्स ५ लाख पनि कट्न सकेको छैन । एक समयमा कसैले फेसबूकमा नयाँ एकाउन्ट खोल्यो भने उसले रेखा थापालाई फलो गरिहाल्थ्यो । भर्खरै इन्स्टामा आएकी रेखालाई २ लाख ३३ हजारले फलो गर्छन् । यता, इन्स्टामा भने प्रीयंका कार्कि र अदिती बुढाथोकी हिट छन् । उनिहरुलाई १०/१० लाखले फलो गर्छन् ।

फेसबूकमा पनि प्रीयंकाको २० लाख फलोअर्स छन् । केकि अधिकारीलाई पनि फेसबूकमा १० लाखले फलो गर्छन् । इन्स्टामा भने केकिको ५ लाख फलोअर्स छन् । स्वस्तिमा र साम्राज्ञी पनि इन्स्टामा हिट छन् । स्वस्तिमालाई ८ लाख र साम्राज्ञीलाई ५ लाखले फलो गर्छन् । उनिहरु फेसबूकमा भन्दा इन्स्टामा सक्रीय छन् । फेसबूकमा भने उनिहरुको निकै कम फलोअर्स छ । अहिलेका मेघास्टार भनिएका नायक अनमोल केसिलाई पनि फेसबूकमा ३ र इन्स्टामा ३ लाख ३५ हजारले मात्र फलो गर्छन् । स्टारडम छ भनिएका नायकहरु पल शाह र प्रदीप खड्कालाई पनि निकै कमले फलो गर्छन् ।

प्रदीपलाई इन्स्टामा १ लाख ४२ हजार र फेसबूकमा १ लाख ८१ हजारले फलो गर्छन् । पलको पनि उस्तै उस्तै छ । पललाई इन्स्टामा १ लाख ७४ हजार र फेसबूकमा १ लाख ६६ हजारले मात्र फलो गर्छन् । इन्स्टामा सबैभन्दा बढी फलोअर्स हुने नायक दयाहाङ राई हुन् । उनलाई ३ लाख ४२ हजारले फलो गर्छन् । फेसबूकमा पनि दयाहाङनै सबैभन्दा अगाडि छन् ।

उनलाई फेसबूकमा ४ लाखले फलो गर्छन् । महानायकको उपाधी पाएका राजेश हमाललाई पनि फेसबूकमा ३ लाख र इन्स्टामा २ लाख ३३ हजारले मात्र फलो गर्छन् । सरसर्ती हेर्दा सोसल मिडियामा नायकहरुलाई फलो गर्ने दर्शकहरु निकै कम छन् ।

प्रकाशित मिति २०७८ असोज १९ गते मङ्गलबार १२:३५
प्रतिक्रिया दिनुहोस