काठमाडौं । चर्चित गायिका तथा मोडेल ज्योति मगर समय समयमा आफ्नो बयानका कारण चर्चामा रहने गर्छिन । हालै उनले पत्रकार ऋषि धमलालाई दिएको एक अन्तरवार्तामा केही रोचक खुलासाहरु गरेकी छिन् । ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूलाई मनपर्ने मासु मा’न्छेको मा’सु भ’एको भन्दै यसलाई मिलाएर बुझ्न आग्रह गरेकी थिईन् ।

कार्यक्रममा ज्योति मगरले पछिल्ला दिनहरुमा आफु खासै व्यस्त नभएको भन्दै गाउँमा दिन विताएको बताएकी छिन् । उनले पछिल्लो समय आफ्नो जन्मघर रोल्पा पुगेको र रमाइलो गरेको बताएकी छिन् । कार्यक्रममा धमलाले कति किलो मासु खाएको भन्दै प्रश्न गरेको भए पनि मगरले कुनै जवाफ दिन सकिनन् ।
गायिका मगरले गाउँमा रहँदा बंगुरको मासु खाएको भनेपछि धमलाले बंगुरको मासु खाँदा मोटोपन हुने बताए । त्यसको जवाफमा मगरले आफ्नो ज्यान खानदानी भएको भन्दै जवाफ फर्काइन् । कुराकानीको क्रममा पत्रकार धमलाले तपाईलाई मनपर्ने मासुको परिकारमा के हो ? बंगुर ? कुखुरा वा खसी ? के हो ?

भनेर सोधेको प्रश्नमा उनले हाँस्दै भनिन्, ‘मान्छेको ।’ त्यसको प्रतिप्रश्नमा धमलाले अच्चम मान्दै मा’न्छेको मा’सु खाने अहिलेसम्म कोही पनि देखेको छैन भन्छन् । त्यसको जवाफमा गायिका मगरले हाहाहा बुझ्नु न मिलाएर ।’ भन्दै जवाफ फर्काएकी छिन् ।
उनले आफुलाई मन पराउने केटाहरु हजारौं भए पनि आफुले एकजना पनि रोज्न नसकेको बताएकी छिन् । उनलाई त्यसको कारण पनि थाहा छैन । उनले आफ्ना लागि केटाहरु सामानजस्तै भएको भन्दै धेरै जना भएको हुँदा छान्न गाह्रो भएका कारण अहिलेसम्म विहे नभएको पनि स्पष्ट पारेकी छिन् । धमलालाले अब एकजना छान्ने बेला भएन भनेर सोधेको प्रश्नको जवाफमा ज्योतिले एकजनालाई छानेर बाँकीको मन दुखाउन नचाहेको बताइन् ।

प्रेम दिवसमा आफुलाई गुलाफको फुल लिएर आउँन पनि अनुरोध गरेकी छिन् । उनले आफुलाई पट्याउन पनि भनेकी छिन् । मगरका अनुसार उनलाई नेताहरुले पनि मन पराउने गरेका छन् । नेताहरुले पनि बोलाउने गरेको कुरामा धमलाले बल गरेर कुरा निकाल्न खोजेपछि ज्योतिले कन्या कुमारी केटीलाई धेरै नपेल्नु भन्दै पन्छ्याउन खोजेको भिडियोमा देख्न सकिन्छ ।

यसको जवाफमा धमलाले तपाईं कन्या कुमारी हो ज्योतिजी भनेर प्रश्न गरेका छन् । यसको जवाफमा मगरले भनेकी छिन्, ‘हो नि, जबसम्म मैले आधिकारीक रुपमा घोषणा गर्दिन तबसम्म त हो नि म’ ज्योतिका अनुसार विवाह नहुँदा वा भएर डि’र्भोस हुँदा पनि महिलाहरु कन्या कुमारी नै हुन्छन् । उनले करियरका कारण आफु अहिलेसम्म अविवाहित भएको भनेकी छिन् । कार्यक्रममा धमलाले ज्योति मगरेको प्रत्येक दिन युवकहरुसँग उठबस हुन्छ भनेर राखेको जिज्ञासामा गायिकाले जवाफ फर्काइन, ‘उठबस हुन्छ तर सुतबस हुँदैन ।’

उनले विवाहपछि प्रेम बाँकी नहुने पनि उल्लेख गरेकी छिन् । तर उनका अनुसार बच्चा जन्माउनका लागि विवाह गर्नुपर्ने भनेकी छिन् । उनले पशुपंक्षीहरुको विवाह नभए पनि सन्तान उत्पादन प्रक्रिया भइरहेको भन्दै उनले विवाह नगरेर भए पनि बच्चा जन्माउदा केही फरक नपर्ने बताएकी छिन् ।
धमलाले तपाईं पनि विवाह गर्न चाहनुहुन्छ कि विवाह नगरी बच्चा जन्माउन चाहनुहुन्छ भनेर सोधेको प्रश्नमा उनले भनेकी छिन, ‘समाजले बनाएको नियम अनुसार विवाह गरेर बच्चा जन्माउदा राम्रो हैन, तर विवाह गरेर बच्चा जन्माइसकेपछि पनि एउटा बाउ बाउजस्तो भएन्, एउटा जिम्मेवार बाउ बन्न सकेन् भने त विवाह नगरेर बच्चा जन्माउदाँ राम्रो ।’ विवाहका कारण आफ्नो खुःशी खोसिने कुराले उनलाई सताउँछ ।

स्वतन्त्रताका लागि विवाह नगरेर बच्चा जन्माउने कुरा उनलाई मनपर्छ । कुरै कुरामा पत्रकार धमलाले तपाईंलाई मनपर्ने ५ जनाको नाम लिनुहोस भनेर गरेको अनुरोधमा ज्योतिले पहिलो नाम पत्रकार भुषण दाहालको लिइन् ।
त्यसपछि उनले कोरियोग्राफर प्रशान्त ताम्राकारको नाम लिइन् । तेस्रोमा उनले शुशील नेपालको नाम लिइन् भने चौथोमा ऋषि धमलाको नाम लिइन् । तर पाँचौ अर्थात अन्तिम नाम भने लिइनन् । उनले आफ्ना लागि विवाह हुनु र नहुनु खासै महत्वपूर्ण कुरा नभएको स्पष्ट पारेकी छिन् । उनले आफु अरुभन्दा खुल्ने भएका कारण आलोचना पनि खेप्नु परेको कुरा स्विकार गर्छिन् ।

उ’नलाई भ’ल्ग’र गा’यिका भन्नेहरुलाई उनले उल्टै हेर्ने नजरमा सुधार गर्नुपर्ने बताएकी छिन् । उनले महिला वा पुरु’षलाई खे’लौनाका रुपमा हेर्न नहुने पनि स्पष्ट पारेकी छिन् । उनले महिला र पुरुष दुवैलाई बराबर सम्मान गर्नुपर्ने बताउँछिन् । उनले नारीलाई विशेष सम्मान गर्नुपर्ने कुराहरुले महिलाहरुलाई नै कमजोर बनाउँने उनको ब्याख्या रहेको छ ।
उनी आफ्ना गीतहरुले सबैका दुःख बिर्साएर मनोरञ्जन दिने कुरामा विश्वास गर्ने बताएकी छिन् । धमलाले बीचमा ज्योतिलाई विवाह पहिलेको सम्बन्धलाई कसरी लिनुहुन्छ भनेर सोधेका छन् । त्यसको जवाफमा गायिका मगरले होटलमा लिने जवाफ फर्काएकी छिन् । विवाह भन्दा पहिले सम्बन्ध राख्नुहुँदैन भन्ने मान्यता उनलाई मन परेको छैन ।

साथमा उनले विवाह भन्दा पहिले हुने सम्बन्धलाई सबैले रुचाउने भए पनि खुलाउन नचाहेको बताएकी छिन् । उनले आफुले जीवनभर नेपाली कला क्षेत्रमा लाग्ने पनि बताएकी छिन् । उनले राजनीतिमा पनि रुचि भएको बताएकी छिन् । उनले जनताका लागि राजनीतिमा जानुपर्ने बताएकी छिन् । उनले आफुलाई प्रचण्ड धेरै मनपर्ने नेता भए पनि अहिले खास मन नपर्ने बताएकी छिन् । उनलाई शेर बहादुर देउवा भन्दा केपी शर्मा ओली धेरै मनपर्छ ।
प्रकाशित मिति २०७८ असोज १७ गते आईतबार १२:२१