लता मंगेशकरको अधुरो प्रेम कहानी- जसका कारण उनले जिवनभर विवाह गरिनन्

लता मंगेशकरको अधुरो प्रेम कहानी- जसका कारण उनले जिवनभर विवाह गरिनन्

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १४ गते बिहिबार ०४:१०

एजेन्सी । भारत रत्न, श्वर साम्राज्ञी लता मंगेशकर अहिले ९२ वर्षकी भइन् । उनले ३६ भाषाहरुमा गीतहरु रेकर्ड गरेका छन्। लता मंगेशकरले हिन्दी भाषामा मात्र १,००० भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिएकी छिन्। उनी १९८९ मा दादासाहेब फाल्के पुरस्कार...

एजेन्सी । भारत रत्न, श्वर साम्राज्ञी लता मंगेशकर अहिले ९२ वर्षकी भइन् । उनले ३६ भाषाहरुमा गीतहरु रेकर्ड गरेका छन्। लता मंगेशकरले हिन्दी भाषामा मात्र १,००० भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिएकी छिन्। उनी १९८९ मा दादासाहेब फाल्के पुरस्कार बाट सम्मानित गरिएको थियो । सन् २००१ मा लता मंगेशकरलाई भारतको सर्वोच्च नागरिक पुरस्कार ुभारत रत्नु प्रदान गरिएको थियो।

सबैलाई थाहा छ की उनी अविवाहित हुन् । लताका प्रशंसकहरुको दिमागमा उनी अविवाहित किन बसिन् भन्ने प्रश्न पक्कै आउने गर्छ । तर लता मंगेशकर पनि एक पटक कसैको प्रेममा परेकी थिइन्। तर लता को यो प्रेम कहानी कहिल्यै पूरा हुन सकेन। सायद यही कारण हो कि लताले आज सम्म बिहे गरिनन् ।

समाचार अनुसार लता मंगेशकर डुंगरपुर शाही परिवारका महाराजा राज सिंहलाई धेरै माया गर्थिन्। उनी महाराजा लताका भाइ हृदयनाथ मंगेशकरका साथी पनि थिए। तर यो माया पूरा हुन सकेन। भनिन्छ कि राजले आफ्ना आमा बुबालाई वचन दिएका थिए कि उनीहरु एक साधारण घरको कुनै युवतीलाई आफ्नो घर को बुहारी बनाउँदैनन्। राज आफ्नो मृत्यु सम्म यो प्रतिज्ञा कायम राखे।

तर लताले यो कुरा भने कहिल्यै आफुले भनेकी छैनन् । उनले घरको पुरा जिम्मेवारी आफुले पुरा गर्नुपर्ने भएकाले विवाह नगरेको बताउने गरेकी छन् । तर लता जस्तै राज पनि जीवन भर अविवाहित रहे। राज लता भन्दा ८ बर्ष जेठा थिए। राजलाई क्रिकेट धेरै मन पर्ने खेल थियो। यस कारण उनी धेरै बर्ष सम्म बीसीसीआई संग जोडिएका थिए।

राज स्नेहपूर्वक लतालाई मिट्टू भनेर बोलाउँथे। उनी सधैं आफ्नो गोजीमा एक टेप रेकर्डर राखिरहन्थे । जहाँलता को चर्चित गीतहरु हुन्थ्यो । राजको निधन १२ सेप्टेम्बर २०० ९ मा भयो । लता मंगेशकरको नाम राज बाहेक अरु कसै संग कहिल्यै जोडिएको थिएन।

उनले साना बहिनीहरुलाई पढाउनको लागी आफ्नै पढाई गरीनन्। लता मंगेशकरले पहिले नै आफ्नो बुबा संग मराठी संगीत नाटकहरुमा काम गरिसकेकी थिइन् र १४ बर्षको उमेरमा उनले ठूला कार्यक्रम र नाटकहरुमा अभिनय गर्न थालिन्। लता आफ्ना पाँच भाइबहिनीमध्ये जेठी थिइन्। उनी महाराष्ट्रमा हुर्केकी थिए। लता पछिल्लो धेरै दशकहरु बाट फिल्म जगत मा आफ्नो आवाज को जादू फैलाईरहेकी छिन्।

प्रकाशित मिति २०७८ असोज १४ गते बिहिबार ०४:१०
प्रतिक्रिया दिनुहोस