पोखरा । बुधबार देशभर थप पाँच सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप पाँच सय ११ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको संख्या दुई लाख ६० हजार ५९ पुगेको छ । हाल छ हजार तीन सय जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ सय जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ५१ हजार नौ सय १२ जना निको भइसकेका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार आठ सय ४७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति २०७७ पुस १५ गते बुधबार ११:२२