अनमोल केसी भन्छन – कति चकलेटी मात्र देखिनु, अब नयाँ तरिकाले दर्शकमाझ आउँछु

अनमोल केसी भन्छन – कति चकलेटी मात्र देखिनु, अब नयाँ तरिकाले दर्शकमाझ आउँछु

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ४ गते सोमबार ०४:३०

काठमान्डौ :  करिब डेढ बर्ष पछि मिडिया माझ प्रस्तुत भएका नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीले अब आफू लाई सिनियर रुपमा प्रस्तुत हुन मन लागेको बताएका छन् । आफ्नो पिता भुवन केसीको जन्म दिनमा आयोजित एक कार्यक्रममा पुगेका अनमोलले...

काठमान्डौ :  करिब डेढ बर्ष पछि मिडिया माझ प्रस्तुत भएका नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीले अब आफू लाई सिनियर रुपमा प्रस्तुत हुन मन लागेको बताएका छन् ।

आफ्नो पिता भुवन केसीको जन्म दिनमा आयोजित एक कार्यक्रममा पुगेका अनमोलले मिडिया सँग कुरा गर्दै पर्दामा चकलेटी अवतार धेरै भएको भन्दै अब दर्शक माझ नयाँ तरिकाले प्रस्तुत हुने बताए ।

अनमोल मल्टि स्टार र चलचित्र ‘एक्स ९’मा काम गर्ने तयारी गर्दैछन् । यसका लागि अनमोलले आफ्नो शरीर समेत बनाइ रहेका छन् । यो चल चित्रका लागि अनमोल लाई २० केजी मोटाउनुपर्नेछ ।

अनमोलका अनुसार, उनी ७ केजी मोटाएर ८२ केजी पुगिसकेका छन् । अझै, १३ केजी मोटाउनुपर्ने अनमोलको भनाई छ ।मल्टिस्टारर चलचित्रमा काम गर्न लागेको बिषयमा अनमोलले भने–‘मैले कहिल्यै पनि मल्टिस्टारर चलचित्रमा काम गर्नु हुँदैन भनेर भनेको छैन ।

‘गाजलु’ पनि मल्टिस्टारर नै थियो । कोभिडपछिको चलचित्र क्षेत्रलाई उठाउनका लागि सबै कलाकार मिलेर काम गर्दा नयाँ केही आउँछ कि भनेर मैले यो क्षेत्रमा काम गरेको हुँ । साथै, सिनियर दाइहरुबाट पनि केही सिक्नेछु भन्ने अपेक्षा छ ।’

अनमोलले, दर्शक र चलचित्र क्षेत्रका लागि नै सबै मिलेर काम गर्दा केही राम्रो हुन्छ कि भन्ने सोचेर काम गर्न लागेको बताए । उनले, राम्रो चलचित्र रिलिज भएपछि हलमा दर्शक आउने दाबी समेत गरे ।

भने–‘यसमा सबैको समर्थन चाहिन्छ । मुख्यतः दर्शकको साथ चाहिन्छ । राम्रो चलचित्र आयो भने दर्शक हलसम्म आउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’
अनमोलले डेढ बर्षमा आफूले मिडिया, लाइमलाइट, सुटिङको माहोल, दर्शकसँगको भेटघाट मिस गरेको समेत सुनाए । लकडाउन अगाडि आफूलाई सबैले भाई, जुनियर भनेर सम्बोधन गरेको भन्दै अनमोलले अब आफूलाई सिनियर तरिकाले प्रस्तुत हुन मन लागेको समेत बताए ।

चलचित्र ‘एक्स ९’मा बडी विल्डरहरुसँग फाइट खेल्नुपर्ने भएकाले पनि तौल बढाएर शरीर बनाइरहेको अनमोल बताउँछन् । उनी भन्छन्–‘बडी विल्डरहरुसँग एक्सन गर्दा आफू पनि त्यस्तै देखिनुपर्छ । होइन भने, दर्शकलाई विश्वास नलाग्न सक्छ नी ।’

प्रकाशित मिति २०७८ असोज ४ गते सोमबार ०४:३०
प्रतिक्रिया दिनुहोस