बञ्जी जम्प आफैंमा एक डर र शाहसको खेल मानिन्छ।यो एक शाहसी खेल भएका कारण जिकोहिले शाहस गर्न असमर्थ हुन्छन्।यस्तो खेल खेल्दा शाहस गर्ने हरूका लागि एक प्रकारको आनन्द पनि मिल्ने गर्दछ।
मुटु कमजोर भएका ,रोगी तथा असक्तहरूका लागि यस खेल नखेल्न पनि आग्रह गर्ने गरिन्छ। नेपाल यस्तो शाहसिक पर्यटनको लागि एक उत्तम गन्तव्य हो जहाँ बञ्जी जम्प मात्रै नभएर पर्वतारोहण,र्याफि्टङ लगायत अन्य विभिन्न खेलको आनन्द लिन सकिन्छ।
भोटेकोसीना रहेको यस बञ्जी जम्पको लागि नेपाल तथा विदेशबाट विभिन्न पर्यटकहरू आउने गर्दछन्।यहाँ बञ्जी जम्प गर्न आउनेहरूमा विभिन्न कलाकारहरू समेत आउने गर्दछन्।यसै क्रममा नायिका पुजा शर्मा पनि भोटेकोसी माथी रहेको बञ्जी जम्पबाट जम्प गर्न भनेर आइपुगेकी छन्।उनी जम्प गर्नुपूर्व निकै नै उत्साही समेत बनेकी छिन्।
बञ्जी जम्प गरिसकेपछि उनले आफूलाई जम्प गर्दा आफूले गरेको अनुभव समेत सेयर गरेकी छिन्।उनले उत्सव रसाइलीसँग कुराकानीका क्रममा आफ्नो व्यक्तिगत जीवनका केही र्युमर्सहरूलाई पनि अभिव्यक्त गरेकि छिन्।उनी बेलाबेलामा विभिन्न कारणले चर्चामा आइरहने नायिका तथा मोडल अन्तर्गत पनि पर्ने गर्दछिन्।
उनले बोलेका अभिव्यक्ति,गरेका क्रियाकलाप तथा उनको व्यक्तिगत सम्बन्ध तथा प्रेम सम्बन्धका कारण उनको चर्चा बेलाबेलामा हुने गर्दछ।उनी सामाजिक कार्यमा समेत उत्तिकै व्यस्त रहने एक कृयाशील नायिका भनेर पनि चिनिएकी छिन्।
आज त्यी नै नायिका पुजा शर्मा बञ्जी जम्पको अनुभव लिन भनी भोटेकोसीमाथी रहेको बञ्जी गर्ने ठाँउमा आइपुगेकी छिन्।
प्रकाशित मिति २०७८ असोज २ गते शनिवार ०९:५४