एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खान आज सम्म पनि अविवाहित रहेका छन् । धेरै फ्यान हरु लाई उनले कहिले विवाह गर्छन् भन्ने चासो आज पनि उत्तिकै रहेको छ । तर, कुनै समय सलमान खानको विवाह लगभग भइसकेको थियो ।
उनको विवाहको कार्ड पनि छापिइ सकेको थियो । तर, अन्तिम समयमा उनको विवाह हुन सकेन । सन् १९९४ मा आफ्नी प्रेमिका संगिता बिजलानी सँग विवाह गर्ने तयारीमा रहेका थिए ।

लामो समय देखि प्रेम सम्बन्धमा रहेका उनीहरुले विवाह गर्ने सबै तयारी पुरा गरेका थिए । विवाहका लागि कार्ड समेत छापिएको थियो तर, संगिताले अन्तिम समयमा विवाह गर्न नसक्ने भन्दै सलमान खान लाई आश्चर्यजक जबाफ दिइन् ।
उक्त घ टनापछि उनी हरुको ब्रेक अप हुन पुग्यो । मिडिया रिपोर्टका अनुसार सलमान खानले आफु लाई धोका दिएको भन्दै उनले सम्बन्ध तोडेकी थिइन् । सलमान खानको जीवनमा सोमा अली खानको प्रवेशले पनि उनी हरुको सम्बन्धमा दरार आएको थियो ।

उक्त सम्बन्ध तोडेसँगै संगिताले क्रिकेटर अजहरद्दिन सँग विवाह गरिन् । तर, सन् २०१० मा उनीहरु बीच डिभोर्स भयो । हाल उनी सिंगल रहेकी छन् । सामाजिक सञ्जालमा एक्टिभ रहने उनी सलमान खान सँग राम्रो सम्बन्ध आज पनि रहेको बताउँदै आइरहेकी छन् ।
प्रकाशित मिति २०७८ असोज २ गते शनिवार ०९:१७