मज्जालै खुलेकि ‘धमला पत्नी एलिजा’ (१० तस्विर सहित)

मज्जालै खुलेकि ‘धमला पत्नी एलिजा’ (१० तस्विर सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २८ गते सोमबार १२:३५

चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने भयो । एलिजालाई सानैदेखि पढाइमा भन्दा पनि नाच्न र गाउनमा बढी...

चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने भयो ।

एलिजालाई सानैदेखि पढाइमा भन्दा पनि नाच्न र गाउनमा बढी सोख थियो । पढाइमा भने उनले कहिल्यै त्यत्ति राम्रो अंक ल्याउन सकिनन् । घरमा उनले जितेका पुरस्कार र मेडलहरू अनगिन्ती छन्, तर त्यसमा पढाइको तर्फबाट पाएको भने एउटै छैनन् । सबै नाचगानको मात्र हुन् ।

भविष्यमा के बन्ने भन्ने पूर्णरूपमा आकार कोरिसकेकी थिइनन् उनले । तर, एउटा कुरा चाहिँ उनको दिमागमा बसेको थियो, ‘हिरोइन बन्छु’ । रंगीचंगी सपना देख्ने एलिजाको मनलाई घरको वातावरण र बाबुआमाको व्यवहारले काँच्चै खाइदिन्थ्यो ।केटा साथी बनाउनसमेत ड’र लाग्ने परिवारमा ‘हिरोइन बन्छु’ भनेर भन्नु भनेको आफ्नै खुट्टामा वञ्च’रो हान्नुजस्तै लाग्थ्यो एलिजालाई ।

बुबाआमाले भनेको कुरा जे पनि मानिहाल्ने छवि भएको कारण पनि उनले आफ्ना रंगीन सपनाबारे बुबाआमालाई भन्ने आँट गर्न सकिनन् । तर सपना देख्न भने छोडिनन् उनले । एक चियापान कार्यक्रममा उनकी आमाले एलिजालाई पनि सँगै लिएर गइन् एलिजालाई थाहा थिएन त्यो भेटले उनको जीवन नै परिवर्र्तन हुँदै छ भनेर ।

अक्सर जिन्दगीमा केही सामान्य घटनाले पनि जीवनलाई पूर्णरूपमा मोडिदिन्छन् । सोही कार्यक्रममा एलिजाको जीवनमा पनि त्यस्तै भयो ।उनलाई पत्रकार ऋषि धमलासँग भेट गराइदिइन् । सायद एलिजाको विवाहको कुरा मिलाउन नै तयार गरिएको भेट थियो त्यो । त्यो भेटको एक हप्तामै उनको पत्रकार धमलासँग इन्गेजमेन्ट भयो ।

प्रकाशित मिति २०७८ भदौ २८ गते सोमबार १२:३५
प्रतिक्रिया दिनुहोस