झनै सुन्दरी हुदै नायिका केकी अधिकारी (१३ तस्बिर सहित)

झनै सुन्दरी हुदै नायिका केकी अधिकारी (१३ तस्बिर सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २७ गते आईतबार ०६:०८

अहिलेकी लोकप्रिय नायिका केकी अधिकारीको चर्चा नेपाली सिने जगतमा लोभलाग्दो छ । पिता बद्रि अधिकारी र माता लक्ष्मी अधिकारीको कोखबाट काठमाडौंको जोरपाटीमा सन् १९८९ को १७ डिसेम्बरमा उनकाे जन्म भएको हो । केकी निकै चन्चल जिज्ञासु स्वभावकी...

अहिलेकी लोकप्रिय नायिका केकी अधिकारीको चर्चा नेपाली सिने जगतमा लोभलाग्दो छ । पिता बद्रि अधिकारी र माता लक्ष्मी अधिकारीको कोखबाट काठमाडौंको जोरपाटीमा सन् १९८९ को १७ डिसेम्बरमा उनकाे जन्म भएको हो ।

केकी निकै चन्चल जिज्ञासु स्वभावकी छिन् । केकी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा २ दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् ।

केकीले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी गर्दै आएकी थिइन् ।केकीले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, म’सान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेस, छ’क्का पन्जा ३ मा बलियो अभिनयले सबैको मन लोभ्याएकी छिन ।

केकीले मानब संसाधन ब्यबस्थापनमा केअफए बिजनेस स्कुलबाट २०१६ मा डिग्री हासिल गरेकी छन् । केकीले स्नातक तह २०१३ मा त्रिभुवन युनिभर्सिटीबाट पास गरेकी हुन् । केकीले बाल सिरिजनालय स्कुल, काठमाडौँबाट एसएलसी पास गरेकी हुन्।

उनले प्रमाणपत्र तह ह्वाइटहाउस कलेजबाट उतिण गरेकी उनी नेपाली चलचित्र क्षेत्रमा अतुलनीय भुमिका निर्भाह गर्दै आएकी छिन् । केकीको प्रथम अभिनय रहेको सिनेमा स्वर बाट नेपाली सिनेमामा प्रबेश गरेकी केकी नेपाली दर्शकको मनमा बस्न सफल भइसकेकी छन् ।उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् ।

उनीले बेलाबेलामा केहि तस्विर र भिडियाेहरु सामाजिक संजालमा शेयर गरिरहन्छिन् । उनका तस्विर र भिडियाे दर्शकले निकै मन पराएका हुन्छन् र निकै राम्राे प्रतिकृयाहरु दिने गरेका हुन्छन् । हालै उनले एक फिल्मकाे लागि अाफ्नाे कपाल मुडान गरेकि पनि थिइन । तर भने उक्त फिल्मकाे बारेमा भने केहि जानकारी दिएकि छैनन् ।
हेरौ उनले सार्वजनिक गरेका सुन्दर तस्बिरहरु।





थप यो पनि पढ्नुहोस – श्रीमतीलाई खुसी बनाउने २५ महत्वपूर्ण सुत्रहरू ! हरेक पुरूषले थाह पाउनुपर्ने कुरा।
आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।

(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।

(४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने।

(६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।

(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने।
(८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।

(९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने।
(१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।

(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला।
(१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने।
(१३). श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने।

(१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
(१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने।

(१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने।
(१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।
(१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।

(१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
(२१). श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।

(२२) .श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
(२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने।

(२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।

प्रकाशित मिति २०७८ भदौ २७ गते आईतबार ०६:०८
प्रतिक्रिया दिनुहोस