म आफुलाई माया गर्छु’ भन्दै बिन्दास मुडमा पुजा (फोटोफिचर)

म आफुलाई माया गर्छु’ भन्दै बिन्दास मुडमा पुजा (फोटोफिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २६ गते शनिवार ०१:१४

नायिका पुजा शर्माको नयाँ लुक्स सार्बजनिक भएको छ । हरियो पहिरनमा सजिएकी पुजाले यो तस्बिर उनले बनाईरहेको नयाँ घरमा खिचेको बुझिएको छ । काठैकाठको भर्यांङ्हालेको नया घरमा पूजाले निकै खर्च गरेको अनुमान गर्न सकिन्छ ।वि.सं २०४९ साल...

नायिका पुजा शर्माको नयाँ लुक्स सार्बजनिक भएको छ । हरियो पहिरनमा सजिएकी पुजाले यो तस्बिर उनले बनाईरहेको नयाँ घरमा खिचेको बुझिएको छ ।

काठैकाठको भर्यांङ्हालेको नया घरमा पूजाले निकै खर्च गरेको अनुमान गर्न सकिन्छ ।वि.सं २०४९ साल वैशाखको १७ गते सिन्धुपाल्चोकमा जन्मिएकी पुजाले ‘थ्रि लभर्स’बाट अभिनय यात्रा शुरु गरेकी थिइन् । फिल्म ‘प्रेमगीत’बाट भाग्य चम्किएकी पुजा राम्रो कमै गर्ने नायिकामा पर्छिन ।

पूजाले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा हिट भयो । योसँगै उनको झनै चुलियो । पूजाले ‘प्रेमगीत’ अगाडि ‘मेरो बेष्ट फ्रेन्ड, मधुमास, चंखे शंखे पंखे, अझै पनि’ लगायतका चलचित्रमा काम गरेकी थिइन् ।पूजाको करिअरको टर्निङ पोइन्ट निर्देशक सुदर्शन थापासँग भेटपछि भएको मानिन्छ ।

सुदर्शनले उनीसँग ‘मधुमास’पछि निरन्तर सहकार्य गर्दै आएका छन् । सुदर्शनको निर्देशनमा पूजाले ‘मधुमास, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।


प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार ०१:१४
प्रतिक्रिया दिनुहोस