बेनिशाको सुन्दरता (फाेटाे फिचर)

बेनिशाको सुन्दरता (फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २३ गते बुधबार ०३:५६

पहिरन चलचित्रको पर्दामा देखिने कलाकारका लागि सधै नै विशेष हुन्छ । पहिरनकै कारणले पनि कलाकारहरुले मिडियामा चर्चा पाइरहेका हुन्छन् । यसैले पनि होला नेपाली चलचित्रका नायिकाहरुमा देखिएको पहिरन सजगता तारिफयोग्य छ । केही नायिकालाई...

पहिरन चलचित्रको पर्दामा देखिने कलाकारका लागि सधै नै विशेष हुन्छ । पहिरनकै कारणले पनि कलाकारहरुले मिडियामा चर्चा पाइरहेका हुन्छन् । यसैले पनि होला नेपाली चलचित्रका नायिकाहरुमा देखिएको पहिरन सजगता तारिफयोग्य छ । केही नायिकालाई छाड्ने हो भने धेरैलाई अहिले पहिरनमा ध्यान दिएको देख्न सकिन्छ ।

नायिका बेनिशा हमालको पहिरन सजगता पनि तारिफयोग्य छ । उनी, अहिले पहिरनमा खुबै ध्यान दिएर हिड्ने गर्छिन् । उनले लगाएका पहिरन आकर्षक हुन्छन् । अझ, बेनिशालाई पछिल्ला दिनमा बोल्ड भने रहर पनि जागेको छ । धेरै कलाकारले चलचित्रको पर्दामा काम नभएपनि आकर्षक पहिरनले गर्दा मिडियामा चर्चा पाएको उनलाई पनि थाहा छ । यसैले, उनी पनि आफ्नो मेन्टेन गरेको फिगर र त्यसलाई सुहाउँदो पहिरनमा सजग छिन् ।

निर्माता रौनक विक्रम कँडेलसँगको प्रेममा रहेकी बेनिशा हालै मात्र एक कार्यक्रममा भेटिएकी थिइन् । प्रेमको बिषयमा बोल्न नचाहेपनि उनी आफ्नो पहिरनको तारिफले भने मख्ख थिइन् ।


प्रकाशित मिति २०७८ भदौ २३ गते बुधबार ०३:५६
प्रतिक्रिया दिनुहोस