सुन्दरी नायिका तमन्नाले १६ करोडमा किनेको घरको चारै दिशाबाट देखिन्छ समुद्र !

सुन्दरी नायिका तमन्नाले १६ करोडमा किनेको घरको चारै दिशाबाट देखिन्छ समुद्र !

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २१ गते सोमबार ११:२४

एजेन्सी-बाहुबली अभिनेत्री तमन्ना भाटिया साउथ फिल्मकी सुपरस्टार हुन् । साउथमा मात्र नभएर उनले बलिउडमा पनि आँखा लगाइरहेकी छिन् । अहिले फेरि उनी चर्चामा आएकी छिन् । मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’...

एजेन्सी-बाहुबली अभिनेत्री तमन्ना भाटिया साउथ फिल्मकी सुपरस्टार हुन् । साउथमा मात्र नभएर उनले बलिउडमा पनि आँखा लगाइरहेकी छिन् । अहिले फेरि उनी चर्चामा आएकी छिन् ।

मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेपछि उनी समाचारको हेडलाइन बनेकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार तमन्नाले सो घरका लागि १६ करोड भारतीय रुपैयाँ खर्च गरेकी छिन् । त्यसको पुनर्निर्माणमा थप चार दशमलव ५६ करोड भारु खर्च गरेकी छिन् । नयाँ पत्रिकामा खबर छ । उनको अपार्टमेन्टको चारै दिशाबाट समुद्रको दृश्य देख्न सकिन्छ ।

प्रकाशित मिति २०७८ भदौ २१ गते सोमबार ११:२४
प्रतिक्रिया दिनुहोस