पछिल्लो २४ घण्टामा ७४२ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ७४२ कोरोना संक्रमित थपिए

सञ्चार बाणी

@SancharBani

२०७७ पुस ६ गते सोमबार १०:४९

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको...

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ ।

यसअघि शनिबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ थियो ।

पछिल्लो २४ घण्टामा थप १०७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४४ हजार ७४३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि आइतबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७९५ पुगेको छ ।

प्रकाशित मिति २०७७ पुस ६ गते सोमबार १०:४९
प्रतिक्रिया दिनुहोस