नेपालमा पछिल्लो २४ घण्टामा १२ सय बढी संक्रमित थपिए, २ हजार १९५ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा १२ सय बढी संक्रमित थपिए, २ हजार १९५ जना निको भए

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १९ गते शनिवार ११:३८

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा कोरोनाभाइरसको...

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार २९५ जनामा र एन्टिजेनविधिबाट ८४ हजार ९३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

देशभर हाल ३१ हजार ९२६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये २९ हजार ६५८ जना होमआइसोलेसनमा, २ हजार १६८ जना संस्थागत आइसोलेसनमा, ५५४ जना सघन उपचार कक्षमा र १७२ जना भेन्टिलेटरमा रहेका छन् ।
यही अवधिमा थप २ हजार १९५ जना निको पनि भएका छन् । कूल संक्रमितमध्ये ७ लाख २५ हजार ६५१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

कोभिड–१९ को संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म १० हजार ८१८ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म ५५ लाख ११ हजार ९२९ जनाले पहिलो मात्रा र ४८ लाख ६३ हजार ८३५ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् ।

प्रकाशित मिति २०७८ भदौ १९ गते शनिवार ११:३८
प्रतिक्रिया दिनुहोस