यस गीतको रचना सिद्धहस्त गीतकार सुमन श्रापितले गर्नुभएको हो । गीतको रचनामा अत्यन्तै गहन बिषयलाई मनोरञ्जनात्मक ढङ्गले उठान गरिएको छ । तीज अर्को अर्को बर्ष पनि आउँछ । यो बिषम परिस्थितिमा बाचौँ र बचौँ । बाचियो भने अर्को बर्ष अँगालो हालेर नाचौँला तर यसपाली रुममै नाचौ अनि जुममै नाचौ र तीज मनाऔँ भनेर गीत मार्फत सामाजिक सन्देश प्रवाह गरिएको छ ।
करीब दुईदशक देखिको अनवरत रुपमा नेपाली सांगीतिक बजारमा बिबिध कोशेलीहरु पस्कदै आएका सुप्रसिद्ध संगीतकार धुन सम्राट प्राज्ञ बिबि अनुरागीको संगीतमा “यसपाली नि तीजमा रुममै नाचिन्छ, यसपाली नि तीजमा जुममै नाचिन्छ” बोलको तीज गीत बुधबार बिबि अनुरागी युट्युब च्यानल मार्फत बिश्व बजारमा सार्वजनिक भएको छ ।
यस गीतमा स्वर ज्योति मगरको रहेको छ । ज्योति मगर कुनै समय केही फरक छविका कारण फरक ढङ्गले चर्चामा रहेता पनि उहाँ अत्यन्त खुल्ला हृदयकी र प्रचुर कला र गलाकी खानी हुनुहुन्छ । पछिल्लो समय धेरै प्रस्तुति मार्फत आफुलाई अव्वल गायिकाको रुपमा प्रमाणित गरेर लोकप्रिय बनिसक्नु भएको छ ।
गायिका ज्योति मगरलाई नै यो गीत किन गवाउनु भएको भन्ने एक प्रश्नमा संगीतकार अनुरागीले ज्योति मगर करौंडौ दर्शक तथा श्रोताको मन जितिसक्नु भएको एक अब्बल गायिका हुनुहुन्छ । अहिलेको युवा पिंडी लगायत आम जनमानसलाई यो परिस्थितिमा सचेत रहन उनको गायिकी, यो हाउभाउ र समग्र गीतले अवस्य सघाउ पुर्याउने नै छ भन्ने ध्येयले उहाँलाई यो गीत गवाइएको बताउनु भयो ।
त्यसैगरी यस गीतको रचना सिद्धहस्त गीतकार सुमन श्रापितले गर्नुभएको हो । गीतको रचनामा अत्यन्तै गहन बिषयलाई मनोरञ्जनात्मक ढङ्गले उठान गरिएको छ । तीज अर्को अर्को बर्ष पनि आउँछ । यो बिषम परिस्थितिमा बाचौँ र बचौँ । बाचियो भने अर्को बर्ष अँगालो हालेर नाचौँला तर यसपाली रुममै नाचौ अनि जुममै नाचौ र तीज मनाऔँ भनेर गीत मार्फत सामाजिक सन्देश प्रवाह गरिएको छ ।
यो गीतको संगीत संयोजन अत्यन्त पारङ्गत ध्वनि बिज्ञ श्यामश्वेत रसाईलीको रहेको छ । ध्वनि मुद्रण, गायन, संगीत सृजनाका साथै आफूलाई अब्बल संगीत संयोजकका रुपमा स्थापित गरेका सर्जक श्यामश्वेत रसाइली नेपाली गीत संगीतलाई यो उचाईमा पुर्याउन दिनरात तल्लीन रहने एक उत्कृष्ट प्रतिभा हुन ।
प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको यो गीतका रेकर्डिष्टहरु कलम थापा, गोबिन्द अनेक र किरण बिश्वकर्मा रहनु भएको छ । भने गीतको माष्टरिङ श्यामश्वेत रसाईलीको रहेको छ ।
रेकर्डिङ स्टुडियोमै गरिएको यस गीतको भिजुअलमा शुरुमै माक्स र सेनिटाइजर लाउनु पर्छ भन्ने सन्देश दिदै भिजुअलमा कैद भएका सम्पूर्ण कलाकारहरुले माक्स सेनिटाइजर लगाउन लगाइएको छ । यस गीतमा गायिका ज्योति मगर, उत्साह घिमिरे, बिबि अनुरागी श्यामश्वेत रसाइली, सुकुराम रसाइली, कलम कुमार बिश्वकर्मा, गोबिन्द अनेक, कमल थापा, आदर्श बिश्वकर्मा, किरण बिश्वकर्मा, निशान्त बिश्वकर्मा आदिको अभिनय देख्न पाइन्छ ।
यस भिडियोमा बिबि अनुरागीको कन्सेपलाई क्यामेरा, इडिट र कलरिङ गर्ने काम मिराज अर्यालले गर्नु भएको छ । क्यामेरा असिस्टेन्टमा डिबी लोहनी साथ दिनु भएको छ ।
रिलिज भएको २ घन्टामै टिकटकमा २ लाख भन्दा बढी भ्यूज र १०० भन्दा बढी टिकटक बनिसकेको यो गीत निकै भाइरल बनिसकेको छ ।
सोधिएको एक प्रश्नमा गीतकार सुमन श्रापितले यो गीतले भने झैँ मज्जाले तीज मनाऔँ तर तडकभडक र भीडभाड गरेर होइन । रुममै नाचौं, रुममै रमाउ र जुम, युटुव, ईन्स्टा, टिकटक लगायतका सामाजिक संजालमै रमाईलो गरौं ।अनि कोरोनाबाट बचौं र बाँचौ । अनि बाच्यौँ भने दिल खोलेर अँगालो मारी मारी अर्को बर्ष तीज मनौँला भनि सबैलाई सचेत रहन आग्रह गर्नु भयो।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807