भाइरल हुन नवविवाहित जोडीको यस्तो फोटोसुट

भाइरल हुन नवविवाहित जोडीको यस्तो फोटोसुट

सञ्चार बाणी

@SancharBani

२०८० मङ्सिर २२ गते शुक्रबार ०५:५७

सामाजिक सञ्जालको प्रयोग बिस्तार हुँदै जाँदा भारतमा नवविवाहित जोडीमाझ अरुले भन्दा भिन्न फोटोसुट गर्ने होड बढेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुने खालको फोटोसुटका लागि नवविवाहित जोडीले ठूलो रकम र समय खर्च गर्ने गरेका...

सामाजिक सञ्जालको प्रयोग बिस्तार हुँदै जाँदा भारतमा नवविवाहित जोडीमाझ अरुले भन्दा भिन्न फोटोसुट गर्ने होड बढेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुने खालको फोटोसुटका लागि नवविवाहित जोडीले ठूलो रकम र समय खर्च गर्ने गरेका छन् । उनीहरुले त्यसको एक मात्रै कारण सामाजिक सञ्जालमा भाइरल हुने चाहना बताउने गरेका छन् ।

यस्तै एक जोडी हो, अविजीत र नयनाको । केरलाको चेर्थलाका बासिन्दा २६ वर्षे अविजीत र २३ वर्षकी नयनाको हालै विवाह भएको हो । उनीहरुले विवाह सम्पन्न भएको १० देखि १५ मिनेट पछि नै विवाहको फोटोसुट सुरु गरेका थिए ।

उनीहरुलाई उत्कृष्ट सर्ट लिनका लागि पूरै दिन खर्चिनु परेको थियो । फोटोग्राफरको बगैँचामा रहेको कुवामा ठूलो आकारको स्टिलको थाल जस्तो भाँडो राखेर त्यसमाथि अविजीत र नयना बसे । बुवामा कमलको फूल राखियो । उनीहरुले पनि कमलको फूल लिए । पानी वर्षाए । त्यसपछि फोटोग्राफरले तस्बिर लिए ।

यो फोटो सुटका लागि उनीहरुले भारु एक लाख खर्च गरे । विवाहका लागि १० लाख खर्च भइसकेको थियो । सुरुमा फोटोसुटका लागि आफन्त राजी नभए पनि विवाहको एल्बम हेरेपछि सबैले राम्रो भनेको नयनाले बिबिसीसँग बताएकी छन् ।

आफूलाई सामाजिक सञ्जालमा अरुले राखेको भन्दा फरक तस्बिर राख्नका लागि यस्तो फोटोसुट गरेको नयनाले बताएकी छन् । मागी विवाह गरेका अविजीत र नयनाले आफूहरु खुशी रहेको बताएका छन् । नयनाको इच्छा पूरा गर्नका लागि फोटोसुट गरेको र आफू पनि खुशी रहेको उनले बताएका छन् ।

भिडीयाे:

प्रकाशित मिति २०८० मङ्सिर २२ गते शुक्रबार ०५:५७
प्रतिक्रिया दिनुहोस