बलिउड नायिका शिल्पा शेट्टी कुन्द्रा निकै लामो समय रियालिटी टिभी शो सुपर डान्सरमा जजको रुपमा रहेकी थिइन् । पछिल्लो समय उनको पछि राज कुन्द्राको गिरफ्तारीपछि उनले शोबाट हराएकी थिइन् ।
उनको स्थानमा कोही नयाँ न कोही नयाँ गेस्ट जज हरेक हप्ता आइरहेका थिए । तर अब भने शिल्पा पुनः सुपर डान्सरको जज बनेर फर्कने भएकी छन् । शो को लागि उनले मंगलवार शुटिङ समेत गरिसकेकी छिन् ।
इन्डियन आइडलका विजेता पवनदीप राजका साथ उनी अबको एपिसोडमा देखिने भएकी छिन् ।
प्रकाशित मिति २०७८ भदौ ३ गते बिहिबार ०३:५५