८ लाख डोज भेरोसेल खोप आज आइपुग्दै, भोलि पनि आउने

८ लाख डोज भेरोसेल खोप आज आइपुग्दै, भोलि पनि आउने

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २ गते बुधबार ०३:४४

चीनबाट आज (बुधवार)आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै छ । चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज (बुधबार ) र भाेलि (बिहीबार ) गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो। नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको...

चीनबाट आज (बुधवार)आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै छ ।

चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज (बुधबार ) र भाेलि (बिहीबार ) गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो। नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ।

नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।

प्रकाशित मिति २०७८ भदौ २ गते बुधबार ०३:४४
प्रतिक्रिया दिनुहोस