गायक बालकृष्ण वाग्लेको नयाँ तीज गीत “रातो सारी छड्के तिलरी” सार्बजनिक [भिडियो]

गायक बालकृष्ण वाग्लेको नयाँ तीज गीत “रातो सारी छड्के तिलरी” सार्बजनिक  [भिडियो]

सञ्चार बाणी

@SancharBani

२०७८ साउन १७ गते आईतबार ०३:११

काठमाडौं २७ साउन –हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन। यसै क्रममा गायक बालकृष्ण वाग्लेको “रातो सारी छड्के तिलरी”बोलको नयाँ तिज गीत सार्बजनिक...

काठमाडौं २७ साउन –हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन। यसै क्रममा गायक बालकृष्ण वाग्लेको “रातो सारी छड्के तिलरी”बोलको नयाँ तिज गीत सार्बजनिक भएको छ। यस भन्दा अगाडि पनि गायक वाग्लेले आफ्नै स्वर शब्द संगीतमा एल्बमहरु बजारमा ल्याइसकेका छन।

पुन:शनिबार सार्बजनिक गरिएको नयाँ तिज गीत”रातो सारी छड्के तिलरी”ले निकै छोटो समयमै उत्कृष्ट भ्युज सहित दर्सक श्रोताहरुबाट राम्रो प्रतिक्रिया पाउन सफल भएको छ।

धेरै एल्बमहरु बजारमा ल्याइ सकेका बुलन्द आवाजका धनी,गायक बालकृष्ण वाग्ले स्याङ्जामा जन्मिएर बिगत लामो समयदेखि नेपाली गीत संगीतलाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै आएका हुन। शनिबार सार्बजनिक गरिएको “रातो सारी छड्के तिलरी” बोलको नयाँ तिज गीत लोकप्रिय गायक बालकृष्ण वाग्ले र गायिका पार्वती न्यौपानेको स्वरमा सजिएको छ । गीतमा शब्द संगीत सोयम गायक वाग्लेकै रहेको छ । दिवस थापा मगरले एरेन्ज गरेको गीतलाई खड्क बाजुरेलीले मिक्सिङ गरेका हुन् ।

भाइरल आमा छोरी रिया खड्का र रतिमाया खड्काले अभिनय गरेको यस तिज गीतको भिडियोमा भाइरल खड्काको साथमा सरद एल जिको पनि अभिनय रहेको छ । गम न्यौपानेले निर्देशन गरेको गीतलाई सुभास अम्गाइनले सम्पादन गरेका हुन् । भिडियोमा भाइरल आमाछोरी रिया र रतिमाया खड्काको साथमा सरद एल जिले कम्मर मर्काएका छन् जुन दर्शकले निकै प्रतीक्षा गरेका थिए । अमर सुनार म्याक्सले यि तीन जनालाई नचाएका हुन् ।

गीतको अडियो तथा भिडियो निकै सुन्दर बनेको छ। गीत तिर्सना म्युजिक नामक अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो।

भिडियोः

प्रकाशित मिति २०७८ साउन १७ गते आईतबार ०३:११
प्रतिक्रिया दिनुहोस