पोखरा / साहित्यकार,गीतकार तथा गायिका चन्द्रवती वाग्लेको तीज गीत “आउ संगी रमाईलो गरौं” २०७८ सार्वजनिक भएको छ । महिला मिलन आमा समूहको आयोजनामा भएको कार्यक्रममा प्नमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना...
पोखरा / साहित्यकार,गीतकार तथा गायिका चन्द्रवती वाग्लेको तीज गीत “आउ संगी रमाईलो गरौं” २०७८ सार्वजनिक भएको छ । महिला मिलन आमा समूहको आयोजनामा भएको कार्यक्रममा प्नमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले गीतलाई सार्वजनिक गरेकी हुन । वाल्यावस्थादेखि नै साहित्य, गीत संगीतमा रुची राख्दै आएकी लगनशील, कर्मठ श्रष्टा वाग्लेको यो आठौं कृति हो ।
त्यस अवसरमा पगेनीले विषम अवश्थामा श्रष्टाले सिर्जनाको काम गर्नु, मौलिक परम्पराको पक्षमा उभिनु असल कार्य भएको बताईन । अहिले पनि महिलामाथि यो वा त्यो नाममा हिं’सा भइर्रहेका छन्, उनले भनिन्, यसका लागि सबै एक भएर ल’ड्नु पर्छ । उनले संचार क्षेत्रबाट गीत, संगीत र कलाको प्रवधर्नको पक्षमा कलम चलाईरहने वाचा गरिन ।
गीतको रेकर्डिङ तथा भिडियो नमस्ते पोखरा ब्रोडकास्टिङ स्टूडियोले निर्माण गरेको हो । गीतमा स्वर, शव्द तथा लय गायीका वाग्लेको रहेको छ। एरेन्ज साहिल गायकले गरेका छन् । गीतमा कथावस्तुमा आधारित अभिनय पत्रकार आरजू विष्ट सल्यानी, भावना पन्तको रहेको छ भने सामूहिक रुपमा दिदिबहिनीहरुले नृत्य प्रस्तुत गरेका छन् ।
भिडियो छायाँकन तथा सम्पादन शिवराजा भुर्तेलले गरेका हुन । सह-छायाँकन शुरेस भुर्तेलले गरेका छन् भने श्रृंगार सुनिता अधिकारीको रहेको छ । छवि सुवेदीको निर्देशनमा बनेको भिडियो, रेकर्डिङ, मार्केटिङ र युट्यूव प्रवर्धन नमस्ते पोखरा ब्रोडकास्टिङले गरेको निर्देशक सुवेदीले बताएका छन् । उनले केही दिनमै भिडियो युट्यूवमा आउने जानकारी दिए ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807