थप २ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि, निको भए ३ हजार ४ सय ५१

थप २ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि, निको भए ३ हजार ४ सय ५१

सञ्चार बाणी

@SancharBani

२०७८ असार १८ गते शुक्रबार ११:२२

शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो। ६ हजार ५ सय ६६ को...

शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो। ६ हजार ५ सय ६६ को पिसिआर विधिबाट परीक्षण गर्दा १३९१ लाई संक्रमण पुष्टि भएको थियो भने ४ हजार ३० मा एन्टिजेन परीक्षण गर्दा ९०८ मा पोजेटिभ देखिएको थियो।

पछिल्लो २४ घण्टामा ३४५१ जना निको भएका छन्। हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरूको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। यस्तै निको हुनेको दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै थप ३४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ।

प्रकाशित मिति २०७८ असार १८ गते शुक्रबार ११:२२
प्रतिक्रिया दिनुहोस