बितेको २४ घण्टामा थप २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त

बितेको २४ घण्टामा थप २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त

सञ्चार बाणी

@SancharBani

२०७८ असार १५ गते मङ्गलबार ११:३०

बितेको २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृ'त्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा...

बितेको २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृ’त्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको थियो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६(पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।
यस्तै मृ’तकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।

प्रकाशित मिति २०७८ असार १५ गते मङ्गलबार ११:३०
प्रतिक्रिया दिनुहोस