२४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृ’त्यु

२४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृ’त्यु

सञ्चार बाणी

@SancharBani

२०७८ असार १३ गते आईतबार ११:१२

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस सं'क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२०...

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस सं’क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृ’त्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति २०७८ असार १३ गते आईतबार ११:१२
प्रतिक्रिया दिनुहोस