नायिका उपासना सिंह ठकुरीले पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाइन् । उनकाे पहिलाे चलचित्र क्याप्टेनमा उनको जोडी अनमोल केसी थिए । उनको अभिनय र सुन्दरताका कारण देर्शकले उनलाइ निकै रुचाए । नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे । चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले निकै चर्चा कमाएकाे थियाे ।

करिब १० करोडको हाराहारीमा व्यापार गरेको चलचित्रबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए । दोश्रो, चलचित्रबाट नै यति सफलता पाएकी यी नायिका भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन । नायिका सिंहलाई ‘क्याप्टेन’मा काम गर्दा धेरैले विभिन्न खालको टिकाटिप्पणी गरेका थिए । कसैले उनलाई मोटी भने, कसैले नायिकाको लागि फिट नरहेको भनेर टिप्पणी गरे ।

नायिका ठकुरी भन्छिन्–हामीले चलचित्रको पर्दामा वास्तविक जीवनका मानिसको पात्र चित्रण गर्ने हो । यसैले, कसैलाई पनि उसकोशा रीरिक वनावट हेरेर मुल्यांकन गर्नु गलत हो । चलचित्र ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएपछि निर्देशक रामबाबु गुरुङले नायिका उपासना सिंह ठकुरीलाई ‘कबड्डी कबड्डी कबड्डी’मा लिने मनस्थिती पक्का गरेका थिए । यो गीतमा उनको अभिनय हेरेपछि उनी पक्का थिए कि, उपासना आफ्नो कथाको पात्रमा फिट छिन् ।

तर, नायक दयाहाङ राई भने उपासनालाई शं काको घेराले हेर्दै थिए ।कतै उपासना आफ्नो जोडी नभएर छोरी जस्तो देखिने हुन् कि भन्ने ड र दयामा थियो । तर, स्क्रिन टेष्ट गर्दा दयालाई उपासना आफ्नो जोडीमा फिट लाग्यो । पहिलो चलचित्रमा काँचो माटो देखिएकी उपासनाले दोश्रो चलचित्रसम्म आइपुग्दा आफूलाई बलियो रुपमा प्रस्तुत गरेकी छिन् । चलचित्रले मिश्रित समिक्षा पाइरहँदा उनको प्रशंसा भैरहेको छ ।

कसैले उनलाई पहिलो चलचित्रमा भन्दा राम्रो काम गरेको प्रतिक्रिया दिइरहेका छन् भने कसैले उनलाई अबको चलचित्र क्षेत्र हाँक्ने नायिका भनेर समेत भन्न भ्याएका छन् । केही समय अगाडि उपासनाले आफूलाई नम्बर १ नायिका बन्ने सोच नआएको बताएकी थिइन् । बरु, उनले भनेकी थिइन्–‘मलाई राम्रो अभिनय गरेर दर्शकको मन जित्नु छ ।’उनको चलचित्रले बक्स अफिसमा धम केदार व्यापार मात्र गरेको छैन, उनले दर्शकको मन आफ्नो कामले पनि जितेकी छिन् ।

यसैले, त उनलाई अबको आशा लाग्दी नायिका भनेर विश्लेषण गर्न थालिएको छ । चलचित्र क्षेत्रमा नायिकाको स्टारडम पछिल्ला बर्षमा चाडो परिवर्तन भैरहेको छ ।प्रियंका कार्कीको नम्बर १ को पोजिसन नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उछिनिन् । प्रियंकाले जति चाडो सफलता पाइन्, त्यती नै चाडो आफ्नो स्थान पनि गुमाइन् । साम्राज्ञीलाई पनि अहिले नम्बर १ को स्थान जोगाउन गाह्रो परिरहेको छ । यसैले, पनि नायिकाहरुको पोजिशनमा आएको फेरबदलले उपासनालाई अगाडि ल्याउन सक्छ । तर, यसका लागि उनले आगामी चलचित्र रोज्दा धेरै पटक सोच्नुपर्ने हुन्छ । भलै, उनले पहिलो चलचित्रमा आफूलाई नोटिस गराइन् भने दोश्रो चलचित्रमा दर्शक र समिक्षकको तारिफ कमाइन् । न्युज कालिका बाट

तर, दुबै चलचित्रले चर्चा पाउनुमा उनी मात्र कारण थिइनन् । यसैले पनि उपासनाका लागि आगामी दिन सजिलो भने छैन ।तर, उनले आफूलाई औलामा गन्न सकिने संभावित नायिकाहरुको सूचीमा भने उभ्याएकी छिन् । उनले, पढाई सकेर मात्र नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन । तर, उनलाई चलचित्रमा अफर गर्ने निर्माताको संख्या पनि कम छैन । उनि सामाजिक संजालमा पनिक निकै सक्रिय हुन्छिन् ।









थप यो पनि पढ्नुहोस – श्रीमतीलाई खुसी बनाउने २५ महत्वपूर्ण सुत्रहरू ! हरेक पुरूषले थाह पाउनुपर्ने कुरा।

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।
(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।
(४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने।
(६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने।
(८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।
(९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने।
(१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।
(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला।
(१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने।
(१३). श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने।
(१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
(१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने।
(१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने।
(१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।
(१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
(१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
(२१). श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।
(२२) .श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
(२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने।
(२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।
प्रकाशित मिति २०७८ असार ११ गते शुक्रबार ०५:५९