पछिल्लो २४ घण्टामा थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ को मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७८ असार ६ गते आईतबार ११:१६

पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका...

पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै बितेको २४ घण्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् । भने काठमाडौं उपत्यकामा ५ सय ४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ सय ५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति २०७८ असार ६ गते आईतबार ११:१६
प्रतिक्रिया दिनुहोस