कोरोना संक्रमणका कारण निषेधाज्ञा जारी गरिएपछि नेपाली चलचित्र क्षेत्रमा कुनै काम हुन सकिरहेका छैनन् । कलाकारहरु घरभित्रै बस्न बाध्य छन् ।

केही म्युजिक भिडियोको छयांकन भए पनि फिल्मको छयांकन भने हुन सकिरहेको छैन । कलाकारहरु घरमै पुस्तक पढेर र फिल्म हेरेर समय बताइरहेका छन् । तर चर्चित अभिनेत्री वर्षा सिवाकोटी भने अहिले आफ्नो तौल घटाउनमा व्यस्त छिन् ।

निषेधाज्ञा जारी भएपछि घरमै बसिरहेकी बर्षाले अहिलेसम्म २ केजी तौल घटाइसकेकी छिन् । उनी दिनहुँ घरमै व्यायम गरिरहेकी छिन् । घरमै व्यायम गरेर २ केजी तौल घटाएकी बर्षाले अझै ६ केजी घटाउन बाकीँ रहेको बताउकी छिन् ।

सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै बर्षाले यस बारे बताएकी छिन् । उनले एक हप्तामा २ केजी तौल घटाएको र अब ६ केजी तौल घटाउन लागिपरेको बताएकी छिन् ।

बर्षाका लक्का जवान, परदेशी २, मनसँग मन फिल्म रिलिजको पर्खामा रहेका छन् । बर्षा मात्र होइन रेखा थापा, नम्रता श्रेष्ठ, वर्षा राउतले पनि आफ्नो तौल घटाउन थालेका छन् ।




प्रकाशित मिति २०७८ असार १ गते मङ्गलबार १०:११