काठमाडौं । भारतमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरे बिहीबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी छन् । अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी ‘ब्रेन इञ्जुरी’ भएको थियो...
काठमाडौं । भारतमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरे बिहीबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी छन् । अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी ‘ब्रेन इञ्जुरी’ भएको थियो ।
मोडलिङ पढ्न थालेको करिब डेढ महिनामा उनी दुर्घटनामा परेकी हुन् । उनका बुवा राजु घिमिरेले देहरादुनमा दुर्घटना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गरेको बताए । राजुका अनुसार हालसम्म निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको छ । घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
सम्वन्घित खवर
कलाकार निशा घिमिरे पहिले यस्ती थिइन् अहिले यस्ती भईन (तस्विर र भिडियो सहित)
काठमाडौं । नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । कुनै बेला चमकधमक रहेको उनको जिन्दगी अहिले बेसहारा बनेको छ । निकै नै दयनीय अवस्थामा उनलाई देख्न सकिन्छ । उनको अहिलेको यो अवस्था देख्दा निस्शब्द नुहने सायदैं होलान् ।
कुनै समय सिनेमाको रंगीन दुनियाँमा आफ्नो पहिचान बनाउन सं;घर्षरत अभिनेत्री हुन् निशा घिमिरे । तीन दर्जनभन्दा बढी म्युजिक भिडियो, केही टेलसिरियल तथा छोटा फिल्महरुमा आफ्नो प्रतिभालाई धेरथोर उनले प्रस्तुत गरिसकेकी छन् । ललितपुर कालेश्वर, बतासेकी उनी यसक्षेत्रमा केही गरेरै छोडने अठोटका साथ लागि परेकी थिइन् । भविष्यमा एक सफल कलाकार बनेर आमदर्शकमाँझ चिनिने उनी यतिखेर चकनाचुर।
अभिनय पढ्ने सिलसिलामा उनी केही समय अगाडि भारतमा गएकी थिइन्। शो क्रममा उनी सवारी दु’र्घटनामा परेकी हुन् । भारतको तेरादुनस्थित निशा सहितको ४ जना विद्यार्थी सावार रहेको कारमा ट्रकले ट’क्कर दिंदा दु’र्घटना घटेको निशाका बाबु बताउछन। बाबुको अनुसार, त्यस समय उनलाई भारतकै कैलाश अस्पतालमा १८ दिनसम्म राखियो। त्यति बेला भारतीय रुपैया १० लाख खर्च भएपछि आर्थिक अभावका कारण उपचार खर्च जुटाउन ज’टिल बनेका कारण उनलाई नेपाल ल्याई काठमाडौँको ट्रमा सेन्टरमा भर्ना गरिएको हो ।
उपचारको अभावले उनका यो अवस्थामा पुगेको चलचित्रकर्मी दीपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनी लेख्छन्, ‘केही दिन पहिले पहिलो पटक टिकटकमा उहाँको यस्तो नाजुक अवस्था देख्दा आँसु रोकिएन मेरो !पहिले र अहिलेको यो अवस्था देख्दा मेरो मात्र होइन देख्ने जो कोहीको आँखा रसाउछ होला सायद !😭 एउटा राष्ट्रको गहना निशा उपचारको अभावले जीवनमरणको दोसाँधमा छिन ।
मेरो अनुरोध🙏 हाम्रो सानो सहयोगले निशा पुरानै अवस्थामा फर्किन सक्छिन्,’ उनले सहयोग गर्न चाहनेहरुका लागि पनि सम्पूर्ण विवरण दिएका छन् । त्यसैले सहयोगी मनहरुले सनराइज बैंकमा निशाका बुवा प्रेम प्रसाद घिमिरेको नाममा रहेको खाता नम्बर ०८४०६१३६१३२०५००१ मा सहयोग गर्न सक्नु हुनेछ । निशाको परिवारको आर्थिक अवस्था ना’जुक भएका कारण सक्ने सवैमा सहयोगको लागि हार्दिक अपिल गरिएको छ । सहयोगका लागि मोडल निशाका बुवालाई सिधा सम्पर्क प्रेम प्रसाद घिमिरे ९८५१२३८९५२ मा गर्न सक्नुहुन्छ । उनको शिघ्र स्वास्थ्य लाभका भगवान् पशुपतिनाथ सँङ्ग यहि प्राथना गर्दछु !
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807