अण्डा पहिले आयो कि कुखुरा? पत्ता लाग्यो यसको पनि रोचक रहस्य।।

अण्डा पहिले आयो कि कुखुरा? पत्ता लाग्यो यसको पनि रोचक रहस्य।।

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २६ गते बुधबार ०१:०६

पहिला अण्डा आयो कि कुखुरा भनें विषयमा प्राचीन समयदेखि नै विभिन्न प्रकारको बहस सुरु हुँदै आए’पनि कसैको एकमत भने थिएन । कुखुरा पहिला आएको वा अण्डा पहिला आएको सवालले वैज्ञानिक तथा दर्शनशास्त्रीहरूको अहिले’सम्म पनि दिमाग घुमाइरहेको...

पहिला अण्डा आयो कि कुखुरा भनें विषयमा प्राचीन समयदेखि नै विभिन्न प्रकारको बहस सुरु हुँदै आए’पनि कसैको एकमत भने थिएन । कुखुरा पहिला आएको वा अण्डा पहिला आएको सवालले वैज्ञानिक तथा दर्शनशास्त्रीहरूको अहिले’सम्म पनि दिमाग घुमाइरहेको छ ।

अण्डा पहिला आयो भने अण्डा कसले दियो भन्ने सवाल आउँछ र कुखुरा पहिला आयो भने कुखुरा नै थिएन भने अण्डा कहाँ’बाट आयो भन्ने सवाल आउँछ ।

तर, अब अस्ट्रेलियाको क्विसल्यान्ड युनिभर्सिटीका वैज्ञानिक तथा फ्रान्सको एनइईएल संस्थाले उक्त विषयमा सत्यतथ्य पत्ता लगाएको दाबी गरेको छ । क्वान्टम फिजिक्सका अनुसार अन्डा तथा कुखुरा दुवै पहिला आएका थिए ।

क्विसल्यान्ड युनिभर्सिटीमा एआरसी सेन्टर अफ एक्सेलेन्स फर क्वान्टम इन्जिनियरिङ सिस्टमका भौतिक वैज्ञानिक ज्याकी रोमेरोले क्वान्टम मेकानिक्सको अर्थ बुझाउँदै केही कुरा नियमित क्रमविना पनि उत्पत्ति हुन सक्ने बताएका थिए । खोज’अनुसार दुवै वस्तु पहिला हुन सक्छन्, यसलाई अनिश्चित कारणको क्रम मान्न सकिने बताएका छन् ।

प्रयोगशालामा प्रभाव देख्नका लागि अनुसन्धानकर्ताले ‘फोटोनिक क्वान्टम स्वीच’ नामको एक सिक्वेन्सको प्रयोग गरेका थिए । क्वान्टम स्वीचसँग अनुसन्धानमा कन्ट्रोल भनिने दुई घटनाक्रम निर्भर रहेको रोमेरो बताउँछन् । उदाहरणका लागि कप्युटरको बिट्स र टेलिफोनको लाइनलाई लिइएको थियो ।

अमेरिकन फिजिकल सोसाइटीमा रहेको सोसाइटी अफ अमेरिकन फिजिक्स म्यागजिन फिजिकल रिभ्यु जर्नलमा प्रकाशित अनुसन्धानले अण्डा वा कुखुरा निश्चित रूपमा दुवै पहिला हुनसक्ने बुझाउन प्रयास गरेको छ ।

प्रकाशित मिति २०७८ जेठ २६ गते बुधबार ०१:०६
प्रतिक्रिया दिनुहोस