प्रहरी चाैकीमै गरे एक जोडीले बिहे

प्रहरी चाैकीमै गरे एक जोडीले बिहे

सञ्चार बाणी

@SancharBani

२०८१ बैशाख ११ गते मङ्गलबार ०४:०६

एजेन्सी । प्रेममा परेका एक जोडीको प्रहरी चाैकीमा विवाह भएको छ । लामो समयदेखि प्रेममा रहेका एक जोडीको प्रहरीले प्रहरी कार्यालयमै विवाह गराइदिएको हो । यो घटना भारतको उत्तरप्रदेशस्थित कानपुरको हो । एक प्रेमिकाले आफ्नो प्रेमीसँग...

एजेन्सी । प्रेममा परेका एक जोडीको प्रहरी चाैकीमा विवाह भएको छ । लामो समयदेखि प्रेममा रहेका एक जोडीको प्रहरीले प्रहरी कार्यालयमै विवाह गराइदिएको हो ।

यो घटना भारतको उत्तरप्रदेशस्थित कानपुरको हो ।

एक प्रेमिकाले आफ्नो प्रेमीसँग विवाह गर्न माग गर्दै प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । युवतीको प्रेम कहानी सुनेर प्रहरीले युवकसहित परिवारलाई बोलाएर सम्झाएर प्रेमिकासँग विवाह गराइदिएको हो ।

कानपुर देहातको मंगलपुर थानामा डिलगाउँमा रहने आरती र सोही गाउँका शुभम पछिल्लो २ वर्षदेखि एक अर्काको प्रेममा थिए ।

आरतीले विवाह गर्न आग्रह गरेपछि शुभम पछि हटेका थिए । त्यसपछि उनले प्रहरीमा उजुरी दिइन् र प्रेमीसँग विवाह गरिन् ।

प्रकाशित मिति २०८१ बैशाख ११ गते मङ्गलबार ०४:०६
प्रतिक्रिया दिनुहोस